zoom meeting join a meeting today online zoom download poll results zoom app downlod zoom login online join meeting template voice changer no download zoom zoom meeting free download latest version zoom q2n 4k windows 10 installation

लामाको अध्यक्षतामा ४७ सदस्यीय चन्द्रपुर युवा संघ चयन

   १८ माघ २०७८, मंगलवार २०:००  

चन्द्रपुर (रौतहट), १८ माघ । नेकपा एमालेको भातृ संगठन युवा संघ चन्द्रपुरको नगर कमिटीको अध्यक्षमा टिकाराम घिसिंगको अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटीको चयन गरिएको छ ।
टिकाराम घिसिंग (विक्रम लामा) को अध्यक्षतामा चयन भएको चन्द्रपुर नगर कमिटीको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवद्धयमा क्रमश सुरेन्द्र साह, रवीराज काफ्ले, शर्मिला न्यौपाने, उमेश फुयाल र मानबहादुर स्यांगतान रहनु भएको हो ।
यसैगरी सदस्यहरुमा खडग बहादुर घिमिरे, राजुकुमार मिश्र, संजिब आचार्य लगायत ४७ जना नगर कमिटीमा चयन गरिएका छन् । सम्पुर्ण नगर कमिटिका पदाधिकारी तथा सदस्यहरु सर्व सहमत रुपमा चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तथा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजु तिवारीले जानकारी दिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिको उपसचिब आरती भण्डारी, एमाले जिल्ला कमिटि अध्यक्ष त्रिभुवन साह, सचिब बाल बिक्रम कार्की लगायत युवा संघका केन्द्रिय सदस्य सुदिप गिरी, निमेश यादब, चन्दपुर नगर कमिटिका अध्यक्ष शिब प्रसाद आचार्य, प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । नब निर्वाचित अध्यक्ष लामाले पार्टीको हित एवं संगठन विस्तारको लागि सशक्त भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै