बाघको आक्रमणबाट चौधरी घाईते

   १८ माघ २०७८, मंगलवार २०:१०  

चन्द्रपुुर (रौतहट), १८ माघ । रौतहटको वन क्षेत्रमा बाघको आक्रमणबाट एक युवक घाइते भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ घर भएका २२ बर्षिय प्रदिप चौधरीलाई मंगलवार दिउसो बाघले आक्रमण गर्दा घाईते भएको हो ।
चौधरी वन क्षेत्रमा घास दाउरा लिन जाँदा बाघले आक्रमण गर्दा घाईते भएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए । घाईते चौधरीको हात र पेटमा चोट लागेको छ ।
गतबर्षको बाघ गणनामा जिल्लाको बन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो । बिगत ६ महिनामा आक्रमण बाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै