zoom browser download zoom download francais how do you download zoom for free which zoom do i download for school zoom blur filter download teams zoom app information regarding zoom app

अबैध हतियार सहित भारतीय युवक पक्राउ

   २७ मंसिर २०७७, शनिबार १९:३०  

रौतहट, २७ मंसिर । नेपाल भारत सिमावर्ती क्षेत्र रौतहटको राजदेवी नगरपालिकाबाट नलकटुवा पेस्तोल सहित एक भारतीय युवकलाई सशस्त्र प्रहरीको वोर्डर आउट पोष्टले शनिवार पक्राउ गरेको छ ।


नेपाल भारत सिमावर्ती क्षेत्र राजदेवीको लक्ष्मिपुर बेलविछवामा रहेका सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले भारत बिहार बैरगनिया मुसाचकका २१ वर्षीय नितेश कुमार पटेललाई नलकटुवा पेस्तोल सहित वडा नम्वर ८ बाट आज साँझ पक्राउ गरेको सशस्त्र प्रहरी ११ नम्वर गण रौतहटका एसपी सुर्य बहादुर सेन ओलिले जानकारी दिए ।
भारतीय युवक पटेलले दाहिने तिघ्रामा सो हतियार लुकाएर नेपाल प्रवेश गरिरहेको अवस्थामा सशस्त्र प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा पक्राउ परेको एसपी ओलिले जानकारी दिदै पक्राउ परेका युवकलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै