दार्चुला र धार्चुला जोड्ने गरी महाकाली नदीमा मैत्री पुल बनाउने एमओयु पत्रमा हस्ताक्षर

   २० माघ २०७८, बिहीबार ०८:३७  

काठमाडौं, २० माघ । सुदुर पश्चिमाञ्चल प्रदेशको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमा पक्कि पुल बनाउने सहमती भएको छ ।
नेपाल सरकारले दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने गरि भारत सरकार सङ सम्झौता गरेको हो । यस अघिनै पुन निर्माण गर्ने सहमतिमा पुगेको कुरा समाचार माध्यममा आएको थियो त्यसलाई पुर्णता दिदै सम्झौता भएको जनाईएको छ । पुल बनाउने परियोजनाबारे दुई दिन अघि भारत र नेपालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर समेत भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरे । उक्त पुल निर्माण कार्य भारतको उत्तराखणड सरकारको लगानीमा हुने भनिएको छ ।
त्यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विश्वासको रुपमा लिइएको छ । नेपाली जनतालाई सहज रुपमा आवत जावत गर्न र भारतीय पर्यटक एवं ब्यपारीहरुलाई समेत सहज हुने भएका छन् । दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै शुरु हुने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
भारत सरकार र नेपाल सरकारको मन्त्रिपरिषद बैठकले महाकाली नदी माथि मैत्री पुल बनाउन अनुमति प्रदान गर्ने निर्णय गरेका थिए । सडक विभागका महानिर्देशक शिवहरी सापकोटाका अनुसार भारतको उत्तराखणड सरकारको लगानीमा पुल बनाउने गरी एमओयू भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै