चिनियाँ हस्तक्षेपको शिकार बन्दै माओवादी नेताहरु

1019 Shares

अमेरिकाको अति महत्वाकाँक्षी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्ता गठबन्धन दलहरु विच आपसी मतभेद उत्पन्न गराउनमा चिनियाँ कुटनीतिक चाल केही हद सम्म सफल भएको पाइएको छ ।
नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पेश गर्नका लागि छलफल थाल्दा चिनियाँ पक्षले त्यसलाई पेश नगर्न दबाब दिँदै आएको हो । खासगरी कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेताहरुलाई चिनियाँ पक्षले दबाब र प्रभावमा पारेपछि संसदबाट एमसीसी पास नगर्न दबाब निकै बढे गएको विज्ञहरु बताउँछन् ।
गत शनिबार पनि यही विषय पूर्ववत रुपमा दोहोरिएको छ । आइतबारका लागि बोलाइएको संसद अधिवेशनमा एमसीसी प्रस्ताव पेश गर्ने लगभग निश्चित भईसकेको थियो तर शनिबार दिउँसोबाट नै संसद बैठक स्थगित गराउने खेल शुरु भयो ।
बैठक स्थगित गराउने बारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी थिएन । शनिबार दिनभरी गठबन्धन दलका नेताहरु, पार्टी तथा अन्य काममा व्यस्त रहेका देउवालाई संसद बैठक स्थगित गर्ने विषय जानकारी गराइकनै संसद स्थगित गरियो ।
सभामुख अग्नि प्रसाद सापकोटाले आफ्नो अधिकारलाई प्रयोग गर्दा सरकार प्रमुखलाई पनि जानकारी दिनु पर्छ भन्ने बिर्से वा उनी कसैको डिजाइनमा यस्तो गर्दै थियो भन्ने बारेमा नेपाली कांग्रेस भित्र व्यापक छलफल समेत भएको छ । यद्यपि कुनै पनि कांग्रेसी नेताहरुले यो विषयमा धारणा सार्वजनिक गरेका छैनन् । स्रोतका अनुसार शनिबार दिउँसो माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र सभामुख सापकोटा सँग चिनियाँ राजदूतावासबाट संसदमा एमसीसीको प्रस्ताव जान लागेको सूचना प्रवाह भयो । सो सूचना अनुसार दुवैले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरे ।

उनले भने, “नेपालका कम्युनिष्ट पनि गजबकै रहेछ, भारतको कुनै नेताको फोन आयो वा भेट्न आयो भने मात्र पनि राष्ट्रवाद झल्काउँदै कार्यकर्तालाई विरोध गर्न सडकमा पठाउँछन् चिनियाँ नेताले हस्तक्षेप गरेर नाँगो नाच गरेपनि गुपचुप राख्छन् । धन्य तिमीहरुको राष्ट्रवाद ।” उनले यसरी व्यंग गरे ।


अघिल्लो दिन बेलुका अर्थात् शुक्रबार साँझ प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल सँग स्थानीय तहको निर्वाचन पनि गरौं संसदबाट एमसीसी पनि पास गरेर जाऔँ साथै निर्वाचन सम्म पाँच दलीय गठबन्धनलाई पनि कायमै राखौँ भन्ने प्रस्ताव गरेका थिए । त्यतिबेला उनीहरु चुपचाप फर्केका थिए । शनिबारमा बिहान पनि स्थानीय तहको निर्वाचन कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने आग्रह गरेका नेताहरुलाई देउवाले गठबन्धन कायमै रहने आश्वस्त पारेपछि स्थानीय तहको निर्वाचन गर्न सहमति गराएका थिए ।
बिहानको सहमतिपछि माधव नेपालले निजामति कर्मचारी संगठनको कार्यक्रममा प्रधानमन्त्री गठबन्धन कायमै राख्न तयार हुनु भएकाले निर्वाचन बैशाख जेठमै गर्दा पनि आपत्ति नभएको बताएका थिए । त्यही साँझ गठबन्धन दलको बैठक बसेर स्थानीय तहको निर्वाचन जेठ भित्रै गर्न सरकारलाई आग्रह गर्ने निर्णय गराइएको थियो ।
त्यतिन्जेल सम्म चिनियाँ अधिकारीहरुले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रयोग गरेर संसद स्थगित गराइसकेका थिए । “चिनियाँ अधिकारीहरुले शनिवार दिउँसो माओवादीका नेता कृष्णबहादुर महरा र सभामुख अग्नी सापकोटासँग कुराकानी गरेर संसद स्थगित गर्न आग्रह गरे । साँझ प्रचण्ड सँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले भिडियो कल गराएर कुराकानी गरेको,” स्रोतको दाबी छ । स्रोतका अनुसार आइतबारको संसद बैठक स्थगित गराउने डिजाइन चिनियाँ कै हो जुन विषयमा प्रधानमन्त्रीलाई समेत थाहा भएनन् ।
“संघीय संसद र स्थानीय तहको निर्वाचनमा कांग्रेस सँग गठबन्धन गर्नुपर्ने तर प्रधानमन्त्रीलाई नै जानकारी नदिइ संसद स्थगित गराउने, प्रधानमन्त्रीलाई धोका दिएर गठबन्धन चाहिँ कसरी कायम राख्ने ?,” कांग्रेसका एक सांसदले प्रश्न गरे ।
उनका अनुसार चिनियाँकै निर्देशनमा संसद स्थगित भएको हो । “दिउँसो चिनियाँहरुको दौडधुप भएको सूचना आएको थियो । साँझ प्रचण्ड सँग त कुराकानी नै भएछ । तर प्रचण्डजीले यो विषयलाई बाहिर ल्याउनु भएको छैन, त्यसकारण कुनै न कुनै शंकाको लाभ लिने ठाउँ रहेको छ,” ती सांसदले माओवादीलाई लक्ष्ति गर्दै प्रश्न उठाए ।
उनले भने, “नेपालका कम्युनिष्ट पनि गजबकै रहेछ, भारतको कुनै नेताको फोन आयो वा भेट्न आयो भने मात्र पनि राष्ट्रवाद झल्काउँदै कार्यकर्तालाई विरोध गर्न सडकमा पठाउँछन् चिनियाँ नेताले हस्तक्षेप गरेर नाँगो नाच गरेपनि गुपचुप राख्छन् । धन्य तिमीहरुको राष्ट्रवाद ।” उनले यसरी व्यंग गरे ।
प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले एक घण्टा बढी कुराकानी गरेका थिए । सो कुराकानीको क्रममा एमसीसी तत्काल संसदमा पेश गर्नबाट टाढा सार्नुपर्ने आग्रह गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग एमसीसी पास गर्नुपर्ने भन्दै संसदमा लैजान सहयोग मागेका थिए । देउवाले संसदमा एमसीसी प्रस्ताव अनुमोदनका लागि लैजाने तर मत जसरी हाले पनि त्यसले सत्ता गठबन्धनमा केही फरक नपर्ने आश्वासन दिँदै त्यसका लागि आफूलाई सहयोग गर्न सत्ता गठबन्धन दलका नेताहरुसँग आग्रह गरेका थिए ।
तर प्रधानमन्त्रीसँग भएको सहमतीलाई बेवास्ता गर्दै सत्ता गठबन्धन दलभित्रकै माओवादी केन्द्रले प्रधानमन्त्रीलाई धोका दिएको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार