अपराध, तस्करी, लागु औषध र शान्ति सुरक्षामा कसै संग सम्झौता नहुने ः गृह सचिव न्यौपाने

748 Shares

प्रभातकुमार झा
रौतहट, २८ मंसिर । गृहसचिब महेश्वर न्यौपानेले प्रदेश नम्वर २ मा शान्ति सुरक्षा चुनौत रहेको तथा अपराध, तस्करी, लागुऔषध, लगायतका कार्यमा कसैसंग सम्झौता नहुने स्पष्ट पार्नुपर्नु भएको छ ।


जिल्ला प्रशासन कार्यालय रौतहटको नव निर्मित भवनको उदघाटन एवं प्रमुख जिल्ला अधिकारीको निवासको एक समारोहका विच आईतवार गौरमा शिलान्यास गर्दै गृह सचिव न्यौपानेले प्रदेश २ मा शान्ति सुरक्षा चुनौति, सिमाबाट चोरीतस्करी, लागु औषध र अपराधको घटनामा वृद्धि भएको हुँदा उक्त कार्यहरुलाई यथाशिघ्र नियन्त्रण गर्न र त्यस्ता गतिविधि संग कसै संग सम्झौता नहुने प्रष्ट पार्नु भएको हो ।
सिमाको तस्करी, लागु औषधको ओसारपसार एवं शान्ति सुरक्षामा सम्झौता गरेको पाइएमा प्रशासनीक वा प्रहरी कर्मचारीहरु कर्तब्यबाट बिमुख भएमा कारबाही हुने चेतावनी दिए । ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा तीन महिना अघि यातनाबाट मृत्यु भएका बिजय रामको सन्दर्भलाई समेत जोडेर कर्तब्य पालनबाट च्युत भएका प्रहरी अधिकारीलाई कारबाही गरिएको स्पष्ट पारे ।


सरकारी सेबाप्रदायक कार्यालयमा अनियमितता र काममा ढिलासुस्ति भएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने समेत बताउदै समयै बिकास निर्माणको कार्य सम्पन्न गर्न प्रशासक र सुरक्षाकमीहरुले सहयोगीको भुमिका निर्बाह गर्नु पर्ने बताए । रेलमार्ग, हुलाकी सडक, लगायतको महत्वकाक्षी बिकास निर्माणको कार्य समयमै सम्पन्न गराउन सहयोगी भुमिकामा अग्रिणी भुमिका प्रशासनबाट निर्बाह गर्नु पर्ने जिकिर गरे ।


अन्तराष्ट्रिय सिमाना बन्द हुदा सिमाक्षेत्रका स्थानियहरुलाई केही असहजताको सामना गर्नु परेको गृह सचिव न्यौपानेले बताए । सिमावर्ति क्षेत्रका आफ्ना सामाजिक साँस्कृतिक सम्बन्धहरु रहेकोमा जनस्तरको आवागमनमा अप्ठ्यारो परेकोले सम्बन्धीत जिल्ला प्रशासन कार्यालयहरुबाट व्यवहारीकरुपमा बिहेवारी लगायतका कार्यहरुमा केही सहजता प्रदान गर्न समन्वय गरेको उनले बताए ।
कोभिड १९ को विश्वव्यापी महामारीको कारण भारत संग जोडिएको सिमानाका बन्द गरी आवतजावत गर्नेहरु माथि निगरानी बढाइएको तथा विस्तारै रौतहट जिल्लामा कोभिडको जोखिम कम हुँदै गएकोमा खुकुलो गर्दै जाने तथा त्यसका लागि जिल्ला प्रशासन संग समन्वय गरेर अत्यावश्यक व्यवहारहरु निर्वाह गर्न समेत बताए । पूर्ण रुपमा आवतजावत सहज हुनका लागि कोभिड निर्मुल भएपछि मात्रै सहज हुने उनले बताए ।


किसानहरुलाई समयमै मलखाद्य उपलब्ध गराउन नसकेको स्वीकार गर्दै उनले सिमापारबाट यदी किसानहरु खेती किसानी गर्न मल ल्याउछ भने व्यवहारिक रुपमा सहज बनाइदिन स्थानीय प्रशासनको कार्य हो तर किसानको आडमा जमाखोरी गर्नेहरु माथि निगरानी गरेर भण्डारण गरिएको मलखाद्यको गोदाममा छापा हानी सम्बन्धीत निकायमा बुझाएर समयमै लिलाम गराई किसानको खेत सम्म पुर्याउन स्थानीय प्रशासन जिम्मेवार भई अग्रसर हुनुपर्ने बताए ।
कोरोना संक्रमणले गर्दा सिमा नाकाहरु लामो समय देखि बन्द भए पछि सिमा क्षेत्रको स्थानियलाई समस्या परेको विषयमा गृह मन्त्रालय गम्भीर रहेको गृह सचिव न्यौपानेले बताए । कोरोना संक्रमणका समय संघिय सरकार सहित तिनै तहको सरकारले हरसम्भव कार्य गरेको बताउदै उनले रौतहटमा पिसिआर ल्याब र तिन सय सैयाको आइसोलेसन निर्माणमा सहयोग गर्ने स्थानिय तहको प्रशंसा गरे ।
कार्यक्रममा रौतहटका १८ स्थानिय तहका प्रमुखहरुको साथै जिल्ला प्रशासन कार्यालयको भवनको लागी जग्गा प्रदान गर्ने जग्गा दाता गोपाल प्रसाद अग्रवाल सहित संचारकर्मी र विभिन्न संघसँस्थाका प्रतिनिधिलाई सम्मान प्रदान गरियो ।


प्रमुख जिल्ला अधिकारीको सरकारी निवासको गौरमा शिलान्यास तथा जिल्ला प्रशासन कार्यालय भवनको उदघाटनका लागी गृह सचिव न्यौपाने, नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुुसन्धानका निर्देशक गणेश अधिकारी सहितको टोलि रौतहट आएको थियो ।


जिल्ला प्रशासन कार्यालय रौतहटको भबन २ करोड ३५ लाख ९४ हजार ७३४ रुपैयाको लागतमा निर्माण भएको तथा पौने २ करोडको लागतमा प्रमुख जिल्ला अधिकारीको सरकारी निवास निर्माण गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार