zoom app won't connect downlead zoom official zoom download zoom app download windows 10 india zoom meeting join a meeting today - zoom meeting join a meeting today zoominfo login hover zoom free download zoom pc vietnam

बाघ गणनाको लागि जडान गरिएको २ सिसिटिभी क्यामरा चोरी

   २१ माघ २०७८, शुक्रबार १८:४२  

रौतहट, २१ माघ । बाघ गणना गर्नका लागि रौतहटको वन क्षेत्रमा जडान गरिएको क्यामरा मध्ये २ वटा क्यामरा चोरी भएको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने पौराई क्षेत्रको जंगलमा जडान गरिएका २ वटा सिसिटिभी क्यामरा चोरी भएको हो ।
वागमती नदीमा पानी खान आउन आउने गरेको वाघको गणना गर्न जडान गरिएका २ वटा क्यामरा चोरी भएको वन्यजन्तु प्रबिधिक टिकाराम थारुले जानकारी दिए । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृती संरक्षण कोष र नेपाल निकुञ्ज बिभागले रौतहटको वनमा बाघ गणनाका लागि ३२ सिसि क्यामेरा जडान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै