how do you download zoom for free mic won't work on zoom windows 10 zoom download 32 bit zoom meeting app download for pc 64 bit - zoom meeting app download for pc 64 bit download zoom windows 10 pro 64 bit - download zoom windows 10 pro 64 bit to download zoom

रौतहटको पहिलो माओवादी सहिद मनरुप महतोको सम्झनामा स्मृति भवन र पार्क निर्माण अन्तिम चरणमा

   २२ माघ २०७८, शनिबार १६:०७  

रौतहट, २२ माघ । रौतहट जिल्लामा माओवादीको प्रथम सहिद मनरुप महतोको नाममा स्मृति भवन तथा पार्कको निर्माण भएको छ ।
नेकपा माओवादी केन्द्र रौतहटको प्रथम सहिद महतोको नाममा फतुवा बिजयपुर नगरपालिका वडा नम्वर ९ मा स्मृति भवन तथा वडा नम्वरमा ११ भैंसहीमा स्मृति पार्क निर्माण गरिएको हो ।
तत्कालिन सरकार विरुद्ध माओवादीले चलाएको सशस्त्र जनयुद्धको क्रममा फतुवा बिजयपुर ११ भैंसहि गाउँका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटको पहिलो सहिद भएका थिए । महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरिबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेकगर्ने क्रममा दुर्घटनाबस मृत्यु भएको नेता त्रिभुवन साहले बताए ।
तोरिबारी घटनामा महतोको मृत्यु भएको विभिन्न पत्रपत्रिका तथा संचार माध्यम बाट आफुले सुनेको सहिद महतोको श्रीमती एवं फतुवा विजयपुर नपाको उपमेयर कान्ति देवि महतोले बताइन् । बम विस्फोटमा परेर सहादत भएका महतोको सवलाई माओवादी कार्यकर्ताहरुले उतै सतगत गर्दा कान्तिले अनुहार पनि देख्न पाएनन ।
तत्कालीन बिद्रोही माओवादीले संचालन गरेको सशस्त्र संघर्षको क्रममा रौतहटमा १८४ जना माओवादी कार्यकर्ताको मृत्यु भएको तथा १० जना कार्यकर्ता लाई सुरक्षाकर्मिले बेपत्ता बनाएको माओवादी केन्द्रिय सदस्य युवराज भट्टराईले बताए । बेपत्ताको अवस्था अहिले सम्म पनि अज्ञात रहेको उनले भने ।
तत्कालिन माओवादी नेता हाल नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहको सल्लाह अनुसार प्रथम सहिद मनरुप महतोको सम्मान र सम्झनाको लागि फतुवा बिजयपुर ९ बजार छेउमा सहिद स्मृति भवन र वडा ११ मा सहिद स्मृति पार्क निर्माण गरिएका छन् । तराई मधेस सहिद स्मृति प्रतिष्ठानको लगानी तथा चन्दा सहयोगमा ३ कठा जग्गा खरिद गरेर २ करोड भन्दा बढिको लगानीमा भवन निर्माणको काम पूरा भइसकेको तथा स्मृति पार्कको द्रुतगतिमा निर्माण कार्य भईरहेको बताइएको छ ।
जनयुद्ध दिवसको अवसरमा आउदो फागुन १ गते पूर्व मन्त्री एवं नेकपा एमाले स्थायी समिति सदस्य प्रभु साहले उदघाटन गरिने फतुवा विजयपुर नपाको उपमेयर कान्ति देवी महतोले बताइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै