वर्दिबासबाट ८६ किलो गाँजा सहित राना पक्राउ
तराई टप
२२ माघ २०७८, शनिबार १६:५०
वदिवास, २२ माघ । महोत्तरीको बर्दिबासबाट ठूलो परिमाणमा लागु औषध गाँजा सहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बा.१८च ३९५५ नम्बरको जिपलाई बर्दिवासमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जको टोलीले ८६ किलो ३६५ ग्राम लागु औषध गाँजा सहित पिकअप भ्यान र चालकलाइ नियन्त्रणमा लिएको हो ।
सिन्धुपालचोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्वर ४ का ३१ बर्षिय रमेश राना सहित ठूलो परिमाणमा लागु औषध गाँजालाई नियन्त्रणमा लिइएको इकाल प्रहरी कार्यालय वर्दिवासका डिएसपी विरेन्द्र थापाले बताए ।
शुक्रवार साँझ बरामद गरिएको खैरो रंगको प्लाष्टिकको ८ वटामा रहेको ८६ किलो ३६५ ग्राम गाजा फेला परेको छ । पक्राउ परेका राना गाँजा सहितको पिकअप भ्यान ईलाका प्रहरी कार्यालय वर्दिवासमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी थापाले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै