वर्डलिंक धमाका
हाई स्पीडको ईन्टरनेट सेवा गौरमा सुचारु

   २२ माघ २०७८, शनिबार १७:१०  

रौतहट, २२ माघ । प्रविधिको युगमा आम मानिसलाई इन्टरनेटबाट अहिले जोडेको छ, सबै छिटो भन्दा छिटो स्पीड भएको इन्टरनेट कनेक्सनको प्र्रयोग गर्न रुचाउछन् तर बर्षौ देखि कम स्पीडको इन्टरनेटबाट प्रयोग गर्न बाध्य रहेका गौरबासीको लागि वर्डलिंकले खुशी पार्ने अवसर सृजना गरेको छ, त्यो हो हाइ स्पीडको इन्टरनेट सेवा शनिवार देखि सुभाँरम्भ भएका छन् ।
रौतहटमा पहिलो पटक वर्डलिंकले अहिले सम्मकै सबैभन्दा उच्चतम गतिको इन्टरनेट सेवा आज देखि सुरु गरेका हुन् । तिन सय एमबिपिएस गतिको सेवा शुरु गरेको वल्र्डलिंकको गौर शाखाले जनाएको छ ।
१५०, २२५ र ३ सय एमबिपिएसको स्पीडमा वर्डलिंकले गौरमा सेवा शुरु गरेको गौर शाखाका प्रमुख गौतम श्रेष्ठले जनाकारी दिए । वर्डलिंकले ल्याएको यो सेवा रौतहटमा अहिले सम्मकै हाइ स्पीडको रहेको छ । “हाम्रो प्याकेजको न्यूनतम स्पीड १ सय पचास एमबिपिएस छ, गौरमा हाम्रो न्यूनतम स्पीड बराबरको अन्य इन्टरनेट कम्पनीको अधिकतम स्पीड छैन ।” शाखा प्रमुख श्रेष्ठले भने “ग्राहकहरुलाई उच्चस्तरीय ईन्टरनेट सेवाका लागि हामीले ३ सय एमबिपिएस सम्मको स्पीड दिएका छौं ।” वर्डलिंकको फोटोन सिरिज अन्तर्गत द्रुतगतिको सेवा सुचारु भएको उनले बताए ।


कम्पनीले रौतहटको चन्द्रपुर, गरुडा र गौरमा सेवा सुरु गरेको छ । जिल्लाका सबै पालिकाहरुमा सेवा विस्तारको काम भइरहेको श्रेष्ठले जानकारी दिए । वर्डलिंकको ईन्टरनेटमा ६ हजार भन्दा बढी सिनेमा र वेभ सिरजको साथमा १ सय भन्दा बढी एचडि र १२० भन्दा बढी नर्मल च्यानेल सहितको टिभि सुविधा समेत ग्राहकले पाउने भएका छन । फोटोन सिरिज अन्तर्गत गौरमा ग्राहकहरुलाई फाइभ जी राउटर उपलब्ध गराइएको उनले बताए ।
नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्रयाएपछि इन्टरनेटका क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएसको हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वर्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्य सहित यो प्याकेज ल्याइएको वर्डलिंकले जनाएको छ । हाल देशका ७५ जिल्लामा वर्डलिंक मार्फत इन्टरनेट सेवा पुगेको र प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै