विकासको नमूना बनेको छ दुर्गा भगवती गापा वडा नम्वर १ पश्चिमी पिपरा टोलको सडक

दुर्गा भगवती, २२ माघ । दुई दिन देखि परेको बर्षा एवं हवाहुरीबाट दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपराको पश्चिमी टोलको सडकमा पानी जम्दा सर्वसाधारण जनताहरुलाई सास्ती खेप्नु परेको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा पश्चिमी टोलको पिडित जनताहरुले तराई टपलाई तस्वीर उपलब्ध गराउदै यसरी भने, हाम्रो टोलको यस्तै विकास भएको छ, नाला छ तर पुरिएको छ, सडक ढलान छ तर अलिकति पानी परे भने निकास हुँदैन, यो त अचम्मको विकास हो उनीहरले यसरी गुनासो गरे ।
हावाहुरी संगै दुई दिनको पानी त्यसमा चिसोको मौसममा पानी भएर जानुपर्ने हाम्रो बाध्यता हो, यहाँका जनताहरुलाई आवतजावत गर्नमा निकै कठिनाई सामना गर्दै सास्ती खेप्न बाध्य त तर यसको समाधान गर्ने कसैबाट पहल गरिएन ।
स्थानीयहरु वडाध्यक्षका ध्यानाकर्षण कतिपटक गराइसके तर उनको ध्यान पुग्न नसक्दा यहाँका बासिन्दाहरु पानीमै हिड्न बाध्य रहेको एक जना स्थानीयले यसरी दुखेसो पोखे ।
स्थानीय बासिन्दाले तराई टपलाई उपलब्ध गराएको केही तस्वीरहरु ः




