download for windows - zoom download.zoom zoom pro free download zoom client windows download download zoom for pc for free zoom mic icon not showing

स्वर साम्राज्ञी लता मंगेशकरको निधन

   २३ माघ २०७८, आईतवार १०:२४  

मुम्बई, २२ माघ । मशहुर, स्वर सम्राज्ञी, मृदुलवाणीकी धनी लता मंगेशकरको निधन भएको छ ।
मुम्बईको ब्रिच कैडीं अस्पतालमा आईतवार विहान ८.१० मिनेटमा उनले अन्तिम सास लिएर यो संसारबाट सधैको लागि विदा भईन । भु तो न भविष्यती, लता मंगेशकर जस्तो कोही थिएन न कहिले पनि हुने छ, उनी भारतीय संगित क्षेत्र मा मात्रै नभई विश्वकै स्वर साम्राज्ञीको रुपमा रहेकी अव रहनु भएन । उहाँ लामो समय देखि विमार रहेकी थिए । उनी मल्टी अरगन फेलियर भएर गत २९ दिन देखि मुम्बईको ब्रीच कैंदी अस्पतालमा भर्ना भएकी थिएन ।
भारत रत्नबाट सु शोभितब रहेकी लता मंगेशकरको अन्तिम दर्शन गर्न राजनितिक दल, बलिउडका कलाकार, स्थानीय र उनका आफन्तहरु अस्पतालमा आउने क्रम जारी रहेको छ । शरदपवार, संजय राउत, नितिन गडकरी लगायतले अन्तिम दर्शन गरिसकेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै