zoom meeting join a meeting today online zoom meeting free download pc airpods mic not working on zoom pc - airpods mic not working on zoom pc how do you download a zoom recording zoom app for windows computer basic zoom app download download free zoom for windows zoom meeting zoom meeting login

नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेका रौतहटको ७० बर्षिय पुरुषको कोरोनाबाट मृत्यु

   २३ माघ २०७८, आईतवार १४:५३  

पर्सा, २३ माघ । कोरानाबाट संक्रमित भई नारायणी अस्पताल वीरगञ्जमा उपचार गराईरहेका रौतहट माधवनारायण नगरपालिकाको ७० बर्षिय पुरुष व्यक्तिको मृत्यु भएको छ ।
मुटु रोगबाट ग्रसित रहेका माधवनारायण नगरपलिका वडा नम्वर १ का ७० बर्षिय पुरुषलाई उपचारको लागि गत शुक्रवार नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएका थिए । अस्पतालमा भर्ना गरिदा उनको एन्टिजेन प्रविधिबाट कोरोना टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको उपचारको क्रममा शनिवार मृत्यु भएको नारायण अस्पताल वीरगञ्जका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए । मृतक व्यक्तिले कोरोना विरुद्धको भेरोसेल खोपको दुबै मात्रा लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै