रौतहट, २८ मंसिर । राजपुर बम काण्डको मुख्य योजनाकार भनिएका महम्मद महताव आलमलाई रौतहट जिल्ला अदालतले आईतवार पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गरेका छन् ।
गत साता भारत विहारको पुर्वी चम्पारण जिल्ला सदरमुकाम मोतिहारीको राज होटलमा भारतीय प्रहरीको सहयोगमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आलमलाई पक्राउ गरेर जिल्ला अदालत रौतहटमा पेश गरेका थिए । सात दिनको लामो बहस पछि जिल्ला न्यायाधिश मणीराम न्यापौनेको एकल इजलाशबाट आईतवार साँझ ४ बजेको समयमा पुर्पक्षको लागि कारागारमा राखेर अनुसन्धान गर्न निर्णय सुनाएका हुन् ।
जिल्ला अदालतबाट आलमलाई कारागारमा राखेर अनुसन्धान गर्ने निर्णय सुनाएपछि आलमलाई प्रहरी हिरासतबाट गौर कारागार पठाइएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्या २०६४ चैत २७ गते राती राजपुर नगरपालीका ४ आलमको काका शेख इद्रीशको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउपालीका ४ सरुअठाका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप आलम माथि लागेको छ ।
उक्त घटनामा मुख्य आरोपी रहेका पूर्वमन्त्री एवम काग्रेस नेता तथा निलम्बित साँसद मोहम्मद आफताब आलमलाई २०७६ साल कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएपछि सोही समय देखी काठमाडौस्थित नक्कु कारागारमा पुर्पक्षका लागि कारागारमा रहेका छन ।
पुर्बमंन्त्रि आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जना माथि कर्तब्य ज्यानको मुद्दा प्रहरीले चलाएको थियो । राजपुर घटनामा प्रहरीले अनुसन्धानमा अहिले सम्म ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ भने ६ जना अझै फरार रहेको एसपी शाहीले बताए ।