रौतहट, २३ माघ । दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्युत प्राधिकरणको कर्मचारीहरु आईतवार दोश्रो दिन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरको प्रमुख र प्रशासन कक्षमा १० बजे देखि २ घण्टा ताला लगाएर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्मचारीहरु आज विहान प्रमुखको कार्यकक्ष र प्रशासन कोठामा ताला लगाई हातमा कालो पटी बाँधेर २ घण्टा सम्म पेनडाउन गरेका हुन् । नेपाल विद्युत कर्मचारी युनियन, परिषद र संघको आयोजनामा सुरु गरिएको आन्दोलनको क्रममा आज दोश्रो दिन २ घण्टा सम्म कामकाज अबरुद्ध बनाएर प्रदर्शन गरेको छ ।
आज साँझ सम्म दोषिहरुलाई समातेर कारवाही नगरिएमा सोमवार देखि आस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरु ठप्प पार्ने चेतावनी युनियन, परिषद र संघले संयुक्त रुपमा विज्ञप्ती निकाले स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराईसकेको नेविप्रा युनियनको एकाई अध्यक्ष संदीपकुमार सिंहले बताए ।
गत साता माघ १८ गते वितरण केन्द्र प्रमुख विजय महतोको निर्देशनमा पाँच जना कर्मचारीहरु रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवामा ब्लैक लिष्ट, विद्युत हुकिंग गर्ने र विजुलीको विल नतिर्नेहरुको लाइन काट्न पुग्दा हाँस फारम संचालक लालबाबु साहले गैरकानुनी रुपमा विद्युत हुँकिंग गरेर फारममा प्रयोग गरिरहेका थिए । उक्त लाईन काट्न खोज्दा साहले मान्छेहरु प्रयोग गराएर विद्युत कर्मचारीहरु माथि साँघितक आक्रमण गराएको थियो ।
साँघातिक आक्रमणमा परेर एकाई अध्यक्ष संदिपकुमार सिंह, सचिव प्रभुनाथ वैठा, नेविप्रा कर्मचारी संघको सदस्य धर्मेन्द्र पासवान, नेविप्रा कर्मचारी परिषदका सदस्य शैलेन्द्रप्रसाद सिंह र दैनिक ज्यालादारीमा कार्यरत चालक गेगप्रसाद यादव पाँच जना घाईते भएका थिए । घाईते मध्ये बैठाको दाहिने हात भाँचिएर सुर्या अस्पताल वीरगञ्जमा स्टिल राखिएको छ भने शैलेन्द्र र चालक गेगको हतकेला भाँचिएको हुँदा गौर अस्पतालमा प्लास्टर गरिएको अन्य सामान्य घाईतेहरुले दोषि स्थानीय प्रहरी प्रशासनले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा नेपाल विद्युत प्राधिकरणको कर्मचारीहरु उत्रिएका छन् । गर्दा पाँच जना कर्मचारी घाईते भएका थिए । पाँच जना मध्ये तिन जनाको हात भाँचिएको र दुई जनालाई सामान्य चोटपटक लागेको थियो ।
प्रहरीले घटनालाई सामन्य बनाउन एक जनालाई समातेर अभद्र व्यवहारमा मुद्दा चलाएको कार्य प्रति तिव्र रुपमा रोष व्यक्त गर्दै विद्युत कर्मचारीहरु राजनीतिक दलको दवावमा प्रहरीद्धारा दोषिलाई उम्काउने प्रयास भईरहदा बाध्य भएर चरणबद्ध संघर्षको कार्यक्रमलाई सार्वजनिक गर्नुपरेको नेपाल विद्युत कर्मचारी युनियन एकाई अध्यक्ष संदीपकुमार सिंहले बताए ।
संघर्षको क्रममा आईतवार २ घण्टा पेन डाउन गरी कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दि गर्ने तथा माघ २४ सोमवार देखि इमरजेन्सी सेवा बाहेक कार्यालय प्रमुख, प्रशासन शाखामा ताला लगाई काम काजहरु अनिश्चितकाल सम्म ठप्प पार्ने समेत उनले चेतावनी दिए ।