कम्युनिष्ट सरकार अधिनायकवाद तर्फ उन्मुख भईरहदा नेपाली काँग्रेसको वृहद विरोध प्रदर्शन

रंजन खरेल
रौतहट, २९ मंसिर । कम्युनिष्ट सरकारको विरोधमा नेपाली काँग्रेसद्धारा आहवान गरिएको सोमवार देश व्यापी प्रदर्शनको क्रममा रौतहट जिल्ला सदरमुकाम गौरमा वृहद विरोध प्रदर्शन गरिएको छ ।
नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्णप्रसाद यादवको नेतृत्वमा राइस मिल्सबाट प्ले कार्ड, झण्डा लिएर निस्किएको वृहद विरोध जुलुश गौर नगरको परिक्रमा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिष्ट सरकारले मुलुकमा पुन ः अधिनायकवाद ल्याउने षड्यन्त्रमा लागिपरेको हुँदा सोको भण्डारफोर गर्न नेका नेता एवं कार्यकर्ताहरु ओली सरकार विरुद्ध चर्का नाराबाजी गरेको हो ।
नगरपरिक्रमा पश्चात पुन ः राइस मिल्सको एतिहासिक मैदानमा आएर विरोध जुलुश कोर्ण सभामा परिणत भएका थिए । कोर्ण सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष यादवले दुई तिहाईको ओली सरकारबाट जनतालाई गणतन्त्र संस्थागत, जनताको इच्छा आकाँक्षा पुरा हुने विश्वास लिएका थिए तर जनताको इच्छा आँकाक्षा माथि कुठाराघात गर्दै भ्रष्टाचारी, बलात्कारी, अपहरणकारी लगायतका व्यक्तिहरुलाई संरक्षण दिदै मुलुकमा पुन ः अधिकानयकबादलाई प्रश्य दिने काय मात्रै गरेको हुँदा त्यस्ता भ्रष्ट एवं अधिकानयकवादको हिमायती सरकारलाई हटाउनु बाहेकको कुनै विकल्प नरहेको स्पष्ट पारे ।
सो विरोध सभालाई सम्बोधन गर्दै रौतहट क्षेत्र नम्वर ४ का संघिय साँसद एवं नेकाको युवा नेता देवप्रसाद तिमलसिनाले कोभिडको नाममा अर्बो अर्ब भ्रष्टाचारमा संलिप्त रही जनता माथि महगाई, वेरोजगारीको बोझबाट आक्रान्त रहेका नेपाली जनताहरु ओली सरकारबाट मुक्ति चाहिरहेको अवस्थामा नेपाली काँग्रेस जनताको पक्षमा उभिएको तथा त्यस्ता जनविरोधी निकम्मा सरकारलाई ढाली जनताको शासन व्यवस्था चलाउने तर्फ अग्रसर भएको बताए ।
वर्तमान शासन व्यवस्थाबाट नेपाली जनताहरु निरीह भएको र यही वेलामा राजावादीहरुको चलखेल सुरु भएकोमा त्यसलाई वर्तमान राज्य सत्ताबाट संरक्षण पाईरहेकोले मुलुकमा हुकुमी शासनका हिमायतीहरु सडकमा उत्रिदा समेत तिनीहरुलाई केही नगरी संरक्षण दिएको आरोप उनले लगाए ।
वृहद विरोध प्रदर्शनमा पुर्व साँसद सुनिल यादव, महासमिति सदस्य श्यामचन्द्र झा, सन्तलाल साह, कोषाध्यक्ष रामअश्रेय साह, युवा नेता एवं विधायक प्रत्यासी नागेन्द्र साह, सपुत कार्की, सरस्वती गिरी, विन्दा साहनी, दिनेश केसरी, गरुडा नगरपालिकाको मेयर प्रत्यासी, मेयर श्यामप्रसाद यादव लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
देशै व्यापी भएको सो विरोध प्रदर्शन सर्लाही सदरमुकाम मलंगवा, महोत्तरी सदरमुकाम जलेश्वर र प्रदेश राजधानी जनकपुरधाममा नेपाली काँग्रेसद्धारा विरोध प्रदर्शन गरिएका छन् ।