दोषिलाई कारवाहीको माग गर्दै नेविप्राको कर्मचारीद्धारा
आन्दोलन जारी राख्दै प्रमुखको कार्यकक्षमा तेश्रो दिन पनि ताला लगाए

रौतहट, २४ माघ । दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्युत प्राधिकरणको कर्मचारीहरु सोमवार तेश्रो दिन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरको प्रमुख र प्रशासन कक्षमा १० बजे देखि १ बजे सम्म घण्टा ताला लगाएर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्मचारीहरु आज विहान प्रमुखको कार्यकक्ष र प्रशासन कोठामा ताला लगाई हातमा कालो पटी बाँधेर ३ घण्टा सम्म पेनडाउन गरेका हुन् । नेपाल विद्युत कर्मचारी युनियन, परिषद र संघको आयोजनामा सुरु गरिएको आन्दोलनको क्रममा आज दोश्रो दिन २ घण्टा सम्म कामकाज अबरुद्ध बनाएर प्रदर्शन गरेको छ ।
गत साता माघ १८ गते वितरण केन्द्र प्रमुख विजय महतोको निर्देशनमा पाँच जना कर्मचारीहरु रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवामा ब्लैक लिष्ट, विद्युत हुकिंग गर्ने र विजुलीको विल नतिर्नेहरुको लाइन काट्न पुग्दा हाँस फारम संचालक लालबाबु साहले गैरकानुनी रुपमा विद्युत हुँकिंग गरेर फारममा प्रयोग गरिरहेका थिए । उक्त लाईन काट्न खोज्दा साहले मान्छेहरु प्रयोग गराएर विद्युत कर्मचारीहरु माथि साँघितक आक्रमण गराएको थियो ।
मंगलवार देखि महसुल काउण्टर बाहेकको सम्पूर्ण सेवा अवरुद्ध रहने नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन एकाई अध्यक्ष संदीपकुमार सिंहले बताए ।
