download zoom to your computer zoom meeting recording app download - zoom meeting recording app download zoom app on roku download zoom para pc why pcr test take so long - why pcr test take so long

सत्ता साझेदार दल प्रतिबद्धता अनुसारको कार्य नगर्दा नैतिक संकट उत्पन्न

   २५ माघ २०७८, मंगलवार १६:४९  

काठमाडौं, २५ माघ । सत्ता गठबन्धनको प्रमुख साझेदार पार्टीका नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने झण्डै पाँच महिना अघि अमेरिका संग प्रतिबद्धता जनाएका थिए ।
झण्डै पाँच महिनाअघि प्रधानमन्त्री र सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकालाई एमसीसी पास गर्ने प्रतिवद्धता सहितको पत्र पठाएकोमा त्यसअनुरुप काम नभएको भन्दै एमसीसी बोर्डले पुनः ताकेता गरेका हुन् ।
एमसीसीको यस्तो ताकेताले सबभन्दा बडी नैतिक संकट माओवादी अध्यक्ष प्रचण्डलाई परेको छ । एमसीसी बोर्डका कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले हालै प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै जवाफी ताकेता पत्र पठाएको छ । पत्रमा अमेरिकाले एमसीसी संसद्बाट पारित गर्नका लागि आगामी फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्मको डेडलाइन समेत तोकिदिएकोे छ । सो अवधि सम्म सरकारलाई सांसद तथा सत्तारुढ दलसँग छलफल गरेर एमसीसी पारित गर्न एमसीसीले पत्रमा दबावको शैलीमा आग्रह गरेको छ ।
एमसीसीले आउदो फागुन १६ को समय सीमा दिँदै एमसीसी पारित गर्न पत्र पठाए पछि प्रधानमन्त्री देउवा तरंगित बनेका छन् । आइतबार बिहानै माओवादी नेताहरुसँग सम्वाद गरेका देउवाले टेलिफोन गरेर एमाले अध्यक्ष केपी ओलीलाई छलफलका लागि बालुवाटार बोलाए छलफल समेत गरिसकेको छ । देउवा र ओलीबीचको छलफलमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव शंकर पोखरेल भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै