मंगलवार चौथो दिन पनि नेविप्राको कर्मचारीहरुद्धारा तालाबन्दी गरेर प्रदर्शनलाई जारी राखे

   २५ माघ २०७८, मंगलवार १६:५८  

रौतहट, २५ माघ । एक साता भन्दा बढि समय वितिसक्दा पनि दोषिलाई कारवाही कानुनी दायरमा नआउदा नेपाल विद्युत प्राधिकरण गौर शाखाको कर्मचारीहरु आक्रोशित बन्दै मंगलवार चौथो दिन पनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरको प्रमुख र प्रशासन कक्षमा १० बजे देखि १ बजे सम्म घण्टा ताला लगाएर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्मचारीहरु आज विहान प्रमुखको कार्यकक्ष र प्रशासन कोठामा ताला लगाई हातमा कालो पटी बाँधेर ३ घण्टा सम्म पेनडाउन गरेका हुन् । नेपाल विद्युत कर्मचारी युनियन, परिषद र संघको आयोजनामा सुरु गरिएको आन्दोलनको क्रममा आज दोश्रो दिन २ घण्टा सम्म कामकाज अबरुद्ध बनाएर प्रदर्शन गरेको छ ।
माघ १८ गते पाँच जना कर्मचारीहरु रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवामा ब्लैक लिष्ट, विद्युत हुकिंग गर्ने र विजुलीको विल नतिर्नेहरुको लाइन काट्न पुग्दा हाँस फारम संचालक लालबाबु साहले गैरकानुनी रुपमा विद्युत हुँकिंग गरेर फारममा प्रयोग गरिरहेका थिए । उक्त लाईन काट्न खोज्दा साहले मान्छेहरु प्रयोग गराएर विद्युत कर्मचारीहरु माथि साँघितक आक्रमण गराएको थियो ।
आज पनि ३ घण्टा महसुल काउण्टर बाहेकको सम्पूर्ण सेवा अवरुद्ध रहेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन एकाई अध्यक्ष संदीपकुमार सिंहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै