प्रभातकुमार झा
जहिले देखि सुन्ने बोल्ने भयौं त्यही वेला देखि एउटा उखान सन्ने गर्दछु, त्यो हो “मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन”, त्यही विलक्षण प्रतिभाबाट ओतप्रोत भई आफनो क्षेत्रमा निरन्तर रुपमा प्रयासरत भई आफनो गाउँ क्षेत्रको लागि ठूलो काम गरेर जनताको हृदय जित्न कोशिश निरन्तर रुपमा गर्ने गर्दछन्, त्यो प्रतिभा एवं नायकको रुपमा आफूलाई स्थापित गराइसकेको व्यक्तित्व हुन् प्रभु साह ।
सानै उमेर देखि अध्ययनशिल रहेका साह माओवादीको तत्कालिन द्धन्दकालमा पनि लामो संघर्ष गरेर आफ्नो गाउँ, क्षेत्र र जिल्लाको बढि माया गरेपनि समग्रमा मधेश र देशको हितमा कसरी अगाडी बढाउने कार्यमा चिन्तनशिल रहने गर्दथे । माओवादी शान्ति बार्ता आएपछि उनलाई पनि नजिकबाट हेर्ने र क्षेत्रको जनतालाई उनले हेर्ने अवसर प्राप्त भयो जसको फलस्वरुप दुई पटकको संविधान सभा र पछिल्ला पटक संसदीय निर्वाचन गरी ३ पटक रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित साह भईसकेका हुन् ।
मौलापुर जुन रौतहटको पश्चिमी क्षेत्रमा अवस्थित छ, कुनैवेला विकासको दष्टिकोर्णबाट अत्यन्तै पछि परेको, मधेशको अति दुर्गममा मानिने गर्दथे, बाटोघाटोको अभाव, विजुली, खानेपानीको अभाव, शिक्षाको अभाव लगायत एउटा मानव जिवनमा चाहिने सामान्य आधारभुत आवश्यक्ताबाट विमुख रहेका उक्त क्षेत्रको अवस्थालाई कसरी सुधार गर्नुपर्ने हो त्यसप्रति युवा नेता साह चिन्तीत भई त्यहाँका मुहार परिवर्तन गर्न उनले कम्मर कसेर लागे । १०÷१२ बर्षको अथक प्रयासबाट मौलापुर तथा क्षेत्र नम्वर ३ को विकासको फड्को मार्दा अहिले उक्त क्षेत्र जिल्लाको अन्य क्षेत्र भन्दा निकै अघि बढेका छन् ।
त्यसैले भनिन्छ, नायक वा नेताले चाहेमा हरेक असम्भ कार्यलाई पुरा गर्न अठोट गरेमा पुरा गर्न सकिन्छ त्यही सन्देश साहको भिजनबाट अन्य नेताहरु सिक्नु पर्ने हो । क्षेत्र नम्वर ३ को प्रत्येक गाउँ गाउँमा जाने सडकको विस्तार गरेर स्तरउन्नती गरेको छ, खानेपानीको अवस्थालाई सुधार गरेको छ, शिक्षाको उचित प्रबन्ध मिलाइएको छ, घरघरमा ग्यास चुल्हो सहितको एलपिजी सिलिण्डर वितरण गरेको, छात्राहरुलाई साइकल वितरण गरेको, छात्रछात्राहरुलाई प्रविधि संग जोड्नका लागि ल्यापटप वितरण गरेको लगायतका सेवा सुविधाहरु प्रदान गरेका छन् ।
नेकपा एमाले स्थायी समिति सदस्य समेत रहनुभएका नेता साह आफना सम्पूर्ण काम कारवाहीको जानकारी मौलापुर सहित क्षेत्र नम्वर ३ का जनजनको घरमा बुकलेटको मार्फत जानकारी गराइसकेका छन् । त्यती मात्रै नभई चोक चोकको नामाकरण, पुरातात्वीक मौलापुर महादेव मन्दीरको स्तर उन्नती, पिकनिक पार्क, विवाह मण्डव, बजार क्षेत्रको विस्तार, जनताहरुको जग्गा जमिनहरुलाई ल्याण्डपुलिंग गराएर उनीहरुलाई शहरीकरण संग जोड्ने औसर प्रदान गराउनमा उनको भूमिकालाई सराहना गर्नु नै अपरिहार्य रहेको छ ।
युवा नेता साह जस्तो जिल्लाको अन्य नेताहरु अ आफनो क्षेत्र प्रति उत्तरदायी भएर विकास गरेको भए सायद यो जिल्ला विकास अग्र स्थानमा रहने थिए, सायद अन्य स्थानबाट गरिवी दुर हुने थिए, वेरोजगार दुर हुने थिए, विकासको गतिबाट अन्य जिल्लाले सबक सिक्ने थिए त्यसो भएन । अहिले पनि केही भएको छैन, नेता प्रभु साह जस्तो भिजन अन्य क्षेत्रको नेताहरुमा आउनु नितान्त जरुरी देखिन्छ ।