नेपालमै रासायनिक मल कारखानाको लागि भारत सहित तिन विदेशी कम्पनीको प्रस्ताव

456 Shares

काठमाडौं, २५ माघ । किसानहरुलाई समयमा मलखाद्य उपलब्ध नहुँदा यत्रतत्र भौतारिरहनु पर्ने समस्याबाट छुटकारा पाउन नेपालमै रासायनिक मलको कारखाना खोल्न तिन विदेशी कम्पनीले लगानीको लागि प्रस्ताव नेपाल समक्ष गरेका छन् ।
नेपालमै रासायनिक मलको काराखाना संचालन गर्नका निमित्त छिमेकी मुलुक भारत सहित बेलायत र जर्मनीका कम्पनीले प्रस्ताव पेश गरेको लगानी बोर्डले जनाएका हुन् ।
सरकारले नेपालमै मल कारखाना खोल्न भन्दै लगानी मोडल अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको लगानी बोर्डका उपसचिव एवं सूचना अधिकारी रमेश अधिकारीले बताए । जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन र बेलायतको इन्फालिङस् नामक कम्पनीले मल कारखानामा लगानी गर्न प्रस्ताव गरेको उनले स्पष्ट पारे ।
“प्राकृतिक ग्याँस वा विद्युत कुन प्रविधिमा आधारित उद्योग खोल्ने भन्ने बहस र अध्ययन भइरहेको बेला तीन कम्पनीबाट प्रस्ताव आएको छ, हामी अध्ययन गर्दैछौं,” अधिकारीले भने । नेपालको मल कारखानामा लगानी गर्न आएको प्रस्तावमा प्रारम्भिक अध्ययन गर्न एक समिती गठन गरेको पनि बोर्डले जनाएको छ ।
रासायिनक मलको चरम अभाव भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा २०७७ कात्तिक १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशमै मल कारखाना खोल्ने बारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा उद्योग र कृषि मन्त्री सदस्य थिए । प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा कारखाना स्थापना गर्न झण्डै एक खर्ब लाग्ने भन्दै तीन प्रकारको लगानी मोडल प्रस्ताव गरेको थियो ।
जसमा ४० प्रतिशत निजी, विदेशी ४० प्रतिशत र २० प्रतिशत सरकारी लगानीमा कारखाना खोल्ने सुझाव दिइएको थियो । मल कारखाना बारे थप अध्ययन गर्ने भन्दै आर्थिक वर्ष २०७८÷७९ को बजेटले नेपालमा मल कारखाना खोल्ने र यसका लागि थप अध्ययन गर्ने निती लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।