रौतहट, २६ माघ । झण्डै १४ महिना देखि थन्किएर रहेका जयनगर–जनकपुर–कुर्था खण्डमा रेल चाँडै संचालनमा आउने भएको छ ।
फागुन १ गते देखि जयनगर–जनकपुर–कुथा सम्म रेल चलाउन तयारीमा नेपाल रेल्वे कम्पनी युद्धस्तरमा जुटिसकेको बताइएको हो ।
रेल संचालन गर्नु अघि त्यसको उदघाटन गर्ने कार्यक्रम तय गरएको छ श्रोतले बतायो । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघान गर्ने जनाइएको छ ।
रेल्वे कम्पनी श्रोतका अनुसार फागुन ११ गते भित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उदघाटन गरिने छ । रेल चलाउन कर्मचारीहरु नियुक्ति गरेर तालिम समेत दिइएको छ । भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट रेल खरिद गरेको थियो । ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन् । नेपालमा भित्रयाइसकेको भएपनि दक्ष प्राविधिकको अभावमा संचालन हुन पाएको थिएनन ।
नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रेल्वेको कार्य धमाधम अघि बढाएर संचालनको प्रक्रियामा ल्याइसकेको रेल्वी कम्पनीले जनाएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे कार्यकालमा चलाउन नसकेको रेल देउवाले काम गर्ने महाप्रबन्धक निरञ्जन झा ल्याएर धमाधम काम थाले । झाले फागुन देखि जयनगर देखि जनकपुर उपमहानगर स्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागेका हुन् ।
त्यती मात्रै भई भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक निर्माण गरिरहेको छ । निकट भविष्यमै महोत्तरीको बर्दिवासम्म रेल चल्नेछ ।