zoom download windos zoom download browser zoom meeting login online download zoom installer chat zoom for facebook free download zoom clouds meeting.app do i have to download zoom on my computer free download for zoom meeting

निलम्बनमा परेका प्रहरी निरीक्षक सिंह सहित तिन जना प्रहरी विरुद्ध पक्राउ पुर्जी जारी

   ३० मंसिर २०७७, मंगलवार १७:२०  

रौतहट, ३० मंसिर । इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेको विजय रामलाई यातना दिएर मारेको आरोपमा निलम्बनमा परेका प्रहरी निरीक्षक नविनकुमार सिंह सहित तिन जना प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटबाट पक्राउ पुर्जी जारी भएपनि उनीहरु फरार रहेका छन् ।
गत साउन ३१ गते राती रौतहटको गरुडा नपा ८ जिगडियाका २० बर्षिय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको घटनमा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गरुडा बाट पक्राउ परेका प्रतिवादी १९ बर्षिय विजय रामलाई प्रहरी हिरासतमा चरम यातनाबाट उपचारको क्रममा नेश्नल मेडिकल कलेज विगंजमा भदौं १० गते मृत्यु भएको विषयलाई लिएर दलित अगुवाहरु चरणबद्ध रुपमा आन्दोलन गरेपछि राम संग सोधपुछ गरेर यातना दिनमा संलग्न जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवाल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवाल्दार मन्नु कुमार सिहलाई निलम्वन गरिएका थिए ।
तत्कालिन एसपी रवीराज खड्काको कमाण्डींग राम्रो नभएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयमा तानिएका थिए भने गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय तानेर आवश्यक अनुसन्धान गरिएको थियो ।
निलम्बनमा परेका प्रहरी निरिक्षक सिहलाई गृह मन्त्रालय सचिव स्तरिय भएको निर्णय अनुसार सो घटनाको थप अनुसन्धान तथा जाचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिना अबधिका लागी निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्धय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिहलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम धनुषाले प्रहरी नियमावली २०७१ नियम ११५ को देहाय ४ बमोजिम थप अनुसन्धान तथा जाचबुझ नहुन्जेल सम्मको लागि निलम्बन गरिएको थियो ।
मृतक युवक राम परिवारद्धारा तिनै जना प्रहरी विरुद्ध कत्र्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएको सोही क्रममा प्रहरी निरीक्षक सहित तिनै जना प्रहरी सम्पर्कमा नआउदा यहि मंसिर १७ गते उनीहरुको स्थायी ठेगानामा पक्राउ पुर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
फरार रहेका प्रहरी निरीक्षक सिंह र हवलदारद्धय धुनिया, सिंह आफनो स्थायी ठेगानामा नभेटिएको हुँदा सिमापारी भारतमा शरण लिएको हुन सक्ने आशंका रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले गरेको छ । भारतमा लुकेर बसेको स्थानको पत्ता लगाई काउण्टर पार्टस संग समन्वय गरी तिनै जनालाई नियन्त्रणमा लिई कानुनी डायरामा चाडै ल्याउने एसपी शाहले प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै