इशनाथमा १९ बर्षिया महिलाको हत्या

   २६ माघ २०७८, बुधबार १४:५३  

रौतहट, २६ माघ । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ९ मा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
इशनाथ नगरपालिका वडा नम्वर ९ लौतना गाउँका शेख कलामको १९ बर्षिया छोरी चाँदनी खातुनको हत्या गरिएको अवस्थामा शव सोही नपा वडा नम्वर ४ मठिया गाउँ छेउमै रहेको गहुँ बालीमा स्थानीय बासिन्दाहरुले बुधवार विहान १० बजे देखेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
घटनाको प्रकृति हेर्दा चाँदनीको मुखमा कपडा कोचेर घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव गहुँ बालीमा भेटिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका मिमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक शुशिल पाण्डले घटनाको प्रहरीले गहन अनुसन्धान गरिरहेको तथा चाँडै हत्यामा संलग्न व्यक्तलाई नियन्त्रणमा लिने दाबी गरे । मृतक चाँदनीको शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाइएको उनले भने ।
मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनिया संग गत बर्ष निकाह भएका थिए, तर गौना भएको थिएन । गौना भएपछि आधिकारीक रुपमा विहेवारी मानिने गरिन्छ, तर युवकले भेट्न चाहेमा घरपरिवारको अनुमतीमा भेट्न पाइन्छ । निकाह भएको युवक फैयादले मंगलवार साँझ भेट्न बोलाएपछि हिजो त्यस तर्फ गएको तर आज विहान शव फेला परेको सुन्दा त्यसैले नै हत्या गरेको हुन सक्ने आशंका पिडित परिवारले गरेको छ ।
पिडित परिवारले युवक फैयादलाई अविलम्ब समातेर कडा भन्दा कडा करवाही गर्न पिडित परिवारले प्रहरी संग आग्रह गरेको बताइएको ।कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै