रातारात सदन स्थगन

   २७ माघ २०७८, बिहीबार १३:१५  

एमसीसी सदनमा प्रवेश गर्ने सुइको पाएपछि सभामुख सापकोटाले एक साताको लागि सदन स्थगीत गरे
काठमाडौं, २७ माघ । एमसीसीको प्रस्ताव सदनमा पेश हुने सुइको पाएपछि प्रतिनिधिसभाको बैठक मंगलवार राति एक साताको लागि स्थगित थिए ।
सभामुख अग्निप्रसाद सापकोटा बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाएको बैठक मंगलबार राति नै स्थगित गरेको थियो ।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने विषय उत्कर्षमा पुगेका बेला बैठक एकाएक स्थगित हुनु अर्थपूर्ण रुपमा लिएको छ । संघीय संसद् सचिवालयले भने सूचना टाँसेर विशेष कारणले बस्न नसक्ने उल्लेख गरेको छ ।
सभामुख सापकोटाले अर्को बैठक फागुन २ गते दिउँसो १ बजे आह्वान गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । यसअघि पनि एमसीसी आउने भएपछि सापकोटाले १० दिनका लागि बैठक सारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै