अपराध नियन्त्रण अभियान अन्तर्गत रौतहटमा एक साता भित्र अबैध हतियार सहित ३ जना पक्राउ

   ३ पुष २०७७, शुक्रबार १७:२८  

रौतहट, ३ पुस । अपराधिक गतिविधि तथा अबैध हातहतियार नियन्त्रण गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले एक सातामा तिन थान अबैध हतियार सहित मानिसलाई पक्राउ गरेको छ ।
सिमावर्ती क्षेत्रको चोर नाका भएर अपराधिक गतिविधि एवं अबैध रुपमा हातहतियारको ओसारपसार भईरहेको गोप्य सुचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट एक साता भित्र अबैध हतियार सहित मानिसलाई नियन्त्रण लिइ कारवाहीको चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
गोप्य सुचनाको आधारमा सिमापारी भारतबाट वागमती नदीको बाँध भएर एक जना मोटरसाइकलमा अबैध हतियार लिएर आइरहेको खवर पाउना साथ त्यस क्षेत्रमा सुरक्षा एम्बुस थापेर विहिवार राति दुर्गा भगवती गाउपालिका वडा नम्वर ५ स्थित गौर पिपरा सडक खण्डमा पर्ने झाझ पुलमा यमुनामाई गाउँपालिका ४ सरुअठाका २५ बर्षिय दिलिप साहलाई अबैध हतियार सहित नियन्त्रणमा लिएको रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
पक्राउ परेका साह विआर ३० एम नम्बरको ग्यालेम्बर मोटरसाईकल सहित शरीर भित्र लुकाएर राखेको ३.५० एमएमको कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउण्ड गोली बरामद भएको हुँदा निजलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भईहरहेको उलने बताए ।
यसैगरी पुस १ गते राति गरुडा कटहरियाको विचमा प्रहरीले चेकजाँचको क्रममा कटहरिया नगरपालिका ७ वगहीका २० बर्षिय राजमहम्मद आलम सबार भारतीय नम्वरको मोटरसाइकल विआर ३० डब्लु ४८७३ चेकजाँच गर्दा शरिर भित्र लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल सहित प्रहरीले पक्रउ गरका थिए भने गत शनिवार भारत बिहार बैरगनिया मुसाचकका २१ वर्षीय नितेश कुमार पटेल नलकटुवा पेस्तोल कम्मरमा लुकाएर नेपाल प्रवेश गर्दा सिमामा तैनाथ सशस्त्र प्रहरीले राजदेवी नगरपालिकाको वडा नम्वर ८ लक्ष्मिपुरमा चेकजाँचको क्रममा अबैध हतियार नलकटुवा पेस्तोल सहित पक्राउ गरेको जानकारी दिदै एसपी शाहले आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको स्पष्ट पारे ।
एसपी शाहको अनुसार जिल्लामा अपराधिक गतिविधि माथि अंकुश लगाउन सिमावर्ती क्षेत्रमा ओहरदोहर गर्ने मानिसहरुलाई निगरानी राख्दै छड्के चेकजाँच गर्दै गदौ एक सातामा अवैध हतियार सहित तिन जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको बताए । स्थानीय बासिन्दाहरुको सहयोग निरन्तर रुपमा जारी रहयो भने आउदो दिनमा रौतहटबाट अपराधिक कार्यलाई पूर्ण रुपमा नियन्त्रणमा लिने विश्वास उनले व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै