विश्वकै सवै भन्दा अग्लो रेलवे पुलको निर्माण युद्धस्तरमा जारी

   २७ माघ २०७८, बिहीबार १३:२७  

विश्वकै सबैभन्दा अग्लो रेलवे पुलको निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ ।
उक्त रेलवे ब्रिजको नाम चेनाब ब्रिज हो । जम्मु काश्मीरको रिएसी जिल्ला स्थित चेनाब नदीमा उक्त पुल बनिरहेको हो । प्राकृतिक सुन्दरताले भरीपूर्ण छटाको पृष्ठभूमिमा बन्न थालेको उक्त रेलवे पुल ३ सय ५९ मिटरको उचाइँमा छ । । अर्थात् यो पुल इफेल टावरभन्दा ३५ मिटर अग्लो छ ।
स्टिलबाट निर्माण भएको यो पुलको लम्बाई १३ सय १५ मिटर छ यो पुलले जम्मु काश्मीरलाई बाँकी भारत सँग रेलमार्गबाट जोड्ने भारतीय रेलवे अधिकारीहरुले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै