सिकार गरेको बन बिरालो सहित मानिस पक्राउ

   २७ माघ २०७८, बिहीबार १६:४३  

रौतहट २७ माघ / गुजरा नगरपालिका स्थित जंगलसहिया नजिकबाट शिकार गरेर लैजादै गरेको कटास जातको बन बिरालो गस्तिटोलीले बरामद भएको छ ।
प्रहरी र बन गस्ति टोलीले ७ वटा वन विरालो मारेर लैजादै गरेको अवस्थामा वनबिरालो सहित ५ जनालाई पक्राउ गरेको छ ।
बुधबार बेलुका साझ ६ बजेको जंगलसहिया चौक देखि पश्चिम तर्फ झोलामा राखेर लगिराखेको अबस्थामा ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरको प्रहरी टोलीले चेक ७ वटा वन विरालो सहित ५ जनालाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला गढिमाई नगरपालिका वडा नम्बर १८ का १८ बर्षिय पप्पु बरै,३५ बर्षिय संजय बरै,१८ बर्षिय अक्षय बरै,१८ बर्षिय सुनिल बरै र १८ बर्षिय निरज बरै रहेका छन ।
पक्राउ परेका ५ जनालाई नियन्त्रणमा राखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन अनुसार कार्वाही गरिने डिभिजन वन कार्यालय रौतहटका डिएफओ अमरदेव यादवले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै