रौतहट, ३ पुस । श्रीराम मिल्सको संचालक विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि मिल्सको खातामा मिल्स व्यवस्थापन पक्षले ३५ करोड रकम जम्मा गरेपछि शुक्रवार देखि भुक्तानी सुरु भएका छन् ।
रौतहटको गरुडा नगरपालिकामा रहेका श्रीराम सुगर मिल्समा उखु किसानको ४१ करोड बक्यौता रकम भुक्तानी नै नगरी मिल्स बन्द गर्ने निर्णयबाट उखु किसानहरु सहित मिल्समा कार्यरत कारखाना मजदुर कर्मचारीहरु विचल्लिमा परेका थिए ।
उखु किसानहरु पटक पटक मिल्स व्यवस्थापन पक्ष संग भुक्तानी गर्न आग्रह गर्दा पनि नमान्दा बाध्य भएर उखु उत्पादक संघ रौतहटको उपाध्यक्ष रामप्रमोद यादव सहित ४६ जना किसानहरुले मिल्सका संचालकद्धय हितेष गोल्छा, विशाल अग्रवाल र कार्यकारी निर्देश पदमाकान्त झा विरुद्ध ठगि मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गराउदा तिनै जना विरुद्ध पुस १ गते पक्राउ पुर्जी जारी भएको थियो ।
७७ वटा जिल्ला प्रशासन कार्यालयमा उक्त पक्राउ पुर्जी पठाएर तिनै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा उपस्थित गराउन आग्रह गरिएपछि श्रीराम सुगर मिल्सका संचालकद्धारा शुक्रवार उखु किसानको खातामा १६ करोड ४४ लाख ७० हजार ९ रुपैया पठाएको र ११ करोड ५५ लाख २९ हजार ९९३ रुपैया मिल्सको खातामा गरी ३५ करोड रकम जम्मा गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
श्रीराम सुगर मिल्सको संचालक एवं उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि उद्योगीले बक्यौता रहेको किसानको खाता तथा बाँकी मिल्सको खातामा गरी ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उखु किसानको बक्र्यौता नतिरेपछि गृहमन्त्री रामबहादुर थापा सहितका चारजना मन्त्रीले चिनी उद्योगीलाई पक्रने निर्णय गरेका थिए ।
सो निर्णयपछि प्रहरीले त्यस्ता उद्योगीहरु विरुद्ध ब्यापक ‘सर्च अपरेशन’ चलाएको छ । श्रीराम सुगर मिल्सका सञ्चालक विशाल अग्रवालसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमती जारी गरिएको छ । ठगी मुद्दामा विशाल, अर्का संचालक हितेश गोल्छा र मिल्सका कार्यकारी निर्देशक पदमकान्त झा विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रजिअ यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन