चिनियाँ नागरिकको अर्को अपराध सार्वजनिक, जिउदो मान्छेले मृत्यु प्रमाण पत्र लिदा खेरी समातियो

   २९ माघ २०७८, शनिबार ०८:४९  

काठमाडौं, २९ माघ । नेपालमा बसेर चिनियाँ नागरिकहरु अपराधिक क्रियाकलापमा लागेको वेला वेलामा रहस्या खुल्दै आएको छ ।
पछिल्लो समयमा चिनियाँ नागरिकहरु भिजिट भिसामा नेपालमा आएर विभिन्न क्रियाकलापमा संलग्न भई अपराधिक कार्यमा गरिरहेको कार्यको पर्दाफास भएको हो । एटिएमबाट नेपालीको पैसा चोर्ने देखि विवाह गर्छु भनेर नेपाली चेली तस्करी गर्ने सम्मका अपराधमा संलग्न चिनियाँ नागरिकले पछिल्लो समय कीर्ते अपराधमा समेत संलग्न भएको पाइएका छन् ।
चिनियाँ नागरिकले त मृत्यु प्रमाणपत्र नै कीर्ते गरेको पाइएको हो । आफू ज्युँदो हुँदाहुँदै पनि मृत्यु प्रमाणपत्र बोकेर हिँडेको फेला परेपछि प्रहरीले हिरासतमा लिएको छ । काठमाडौंको टेकु स्थित शुक्रराज ट्रिपकल अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न नक्कली कागज पत्रसहित पक्राउ परेका हुन् ।
नक्कली मृत्यु प्रमाणपत्र बोकी हिँडेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीद्वारा टोलीले उनलाई पक्राउ गरेको हो । ती चिनियाँ नागरिलाई लिखित कागजात तथा सामान सहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली जानकारी दिए ।
उनका साथबाट कालो रंगको भिर्ने झोला, वाङ् योङ्ग र सिएओ जेआई नाम गरेका दुई ओटा राहदानी, ग्रिन सिटी अस्पतालको नाममा जारी गरिएको मृत्यु प्रमाणपत्र सहितको कागजात, पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजात र ओप्पो कम्पनीको मोबाइल सेट बरामद गरिएको छ ।
घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ अन्तर्गत दफा २७६ को उपदफा (१) बमोजिम “किर्ते गर्न नहुने कसूर” मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै