free download zoom in laptop zoom old version download zoom for meetings download how.do.u record using.zoom.app join a zoom meeting with id and passcode zoom download site zoom.us

प्रधानमन्त्री ओलीको असम्बैधानिक कदम विरुद्ध जसपा सडक संघर्षमा ओर्लिए

   ८ पुष २०७७, बुधबार १५:१५  

रौतहट, ८ पुस । दुई तिहाईको वहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा पार्टीको आन्तरिक कलहका कारण संसद विघटन गरेर तथा कथित अधिनायकवादलाई सघाएको आरोप लगाउदै जनता समाजवादी पार्टीले रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।


जनता समाजवादी पार्टीका प्रदेश साँसदद्धय बाबुलाल साह, रामकिशोर यादव, प्रदेश सरकारका भुमि व्यवस्था कृषि राज्य मन्त्री योगन्द्र यादव, गौर नपाको मेयर अजयकुमार गुप्ता सहित केन्द्रीय नेताहरु संगै कार्यकर्ताहरु बुधवार गौरको विपी चोकबाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नारावाजी गर्दै अस्पताल चोक, अदालत चोक, धर्खन चोक, ट्रान्समिटर चोक हुँदै भन्सार एरिया हुँदै गौर नगरपरिक्रमा गरेका हुन् ।


प्रदर्शनको क्रममा नेता एवं कार्यकर्ताहरु उत्साहित हुँदै दुई तिहाईको बहुमतबाट स्थापित ओली सरकार आन्तरिक कलहका कारण संघिय संसद विघटन गरी निर्वाचनमा जान सिफारिस गरेकोलाई राष्ट्रपतिद्धारा स्वीकृत गरेर विधिको शासन व्यवस्थामाथि कुठाराघात गर्दै वर्तमान संविधानको अवहेल्ना गरेकोमा सोका विरुद्धमा जनता समाजवादी पार्टीलाई सडक संघर्षमा उत्रनु परेको जस्ता नारावाजी गरे ।
विरोध प्रदर्शन स्थानीय धर्खन चोकमा आएर कोर्ण सभामा परिणत भएका थिए । कोर्ण सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रेबन्त झाले प्रधानमन्त्री ओलीको निर्णयबाट अधिनायकवाद, राजावादीको अवशेषहरु तथा गणतन्त्र विरोधी शक्तिहरुलाई चलखेल गर्ने मौका पाएको आरोप लगाए । संघिय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्री ओली लागि परेको हुँदा लोकतान्त्रिक गणतन्त्रको संरक्षणको पक्षमा जनता समाजवादी पार्टी सबै कार्य विर्षेर राष्ट्रहितमा अघि बढेको स्पष्ट पारे ।


सो विरोध सभामा जसपा युवा नेता अनिलकुमार सिंह, गौर नपाको उपमेयर किरण ठाकुर, संविधान सभाको पूर्व साँसद रम्भा देवी यादव, महिला नेतृहरु शोभा साह, गिता कुश्वाहा, अम्व्या खातुन, रामेश्वर राय यादव, जसपा प्रदेश २ का सदस्य वृजकिशोर यादव, राजकुमार दास तत्मा, जयनाथ यादव, कौशरमिथिला खाँ, राकेश झा, रतिनाथ झा, मयरद्धय धर्मेन्द्र पटेल र राजिवरंजन यादव, ओमप्रकाश भाई मधेशिया सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै