काठमाडौ, १ फागुन । नेपालमा रहेका कम्युनिष्ट पार्टीहरु चीनको मयाजालबाट उन्मुक्ति पाउन सकेको छैनन् । नेपाली कम्युनिष्ट नेताहरु चिनियाँ कम्युनिष्ट नेताहरु संग बढि प्रभावित भई नेपालको भलो प्रति रती भरी चिन्तीत नभई चीन हतिमा अघि बढेको पाइएको छ ।
नेपालमा कम्युनिस्ट पार्टीहरुको जड़ चीनबाट प्रभावित रहेको आम जनधारणाको बीच नेताहरुको पनि स्वीकारोक्ति हुन थालेको हो । चीनको कम्युनिस्ट सरकारले नेपालमा आफ्नो प्रभुत्व स्थापनाका लागि माओवादी जनयुद्ध गराएको आरोपहरु पनि बेलाबखत लागिरहेको हुन्छ । नेपालमा राष्ट्रीयता बेचिसकेका नेताहरुको हालिमुहाली रहेको आरोप लाग्ने गरेको छ ।
राजदरबार हत्याकाण्ड देखि कथित गणतन्त्र सम्मको बाटो बिदेशी ईशारामा भएको कुरो बिभिन्न प्रमाणहरुले पुष्टिकरण हुन थालेको छ । नेपालका हरेक राजनैतिक दलहरु कुनै न कुनै बिदेशी शक्तिको लबिंगमा सञ्चालन भईरहेको दाबी राजावादी पक्षहरुले गर्दै आएका छन ।
यसै विच तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन् । सँग सँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन् ।
दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए । दाहालले शान्ति सम्झौता पछि सिंगो मधेस माओवादीमय भएको र त्यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए ।
जनता समाजवादी पार्टीका नेता मनिष सुमनले दाहालबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र दुर्भाग्यपूर्ण भएको बताउँदै भने, ‘दाहाल आफैं विदेशबाट सञ्चालित छन् । उनी चीनबाट सञ्चालित नेता हुन् ।’ आफूहरू राष्ट्रियता प्रति हृदयदेखि नै प्रतिबद्ध भएको बताउँदै सुमनले थपे, ‘यो देशको मूल नेपाली भनेको हामी हौं । हामी कतैबाट सञ्चालित छैनौं । आफ्नो नेपाली माटोप्रति प्रतिबद्ध छौं ।’
दाहालको बोलीको ठेगान नभएको आरोप पनि उनले लगाए । ‘उहाँले कुन बेला के भन्नु हुन्छ, पत्तै हुन्न । उहाँको बोलीको ठेगान हुँदैन । विदेशबाट सञ्चालित भएको व्यक्तिको बोली यस्तै हुन्छ’, उनले भने ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले दाहालको पार्टीको नाम विदेशी व्यक्तिहरूको नामबाट राखिएको बताउँदै भने, ‘हामीले विदेशी नामबाट पार्टीको नाम राखेका छैनौं । उहाँहरूले माओ, लेनिन, स्टालिन जस्ता विदेशी व्यक्तिको नामबाट पार्टीको नाम राख्नुभएको छ ।’