नेकपा एसद्धारा एमसीसी विरुद्ध गौरमा प्रदर्शन

   १ फाल्गुन २०७८, आईतवार १८:०७  

रौतहट, १ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी रौतहटले सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।
अमेरिकी परियोजना एमसीसी विरुद्ध चर्को नाराबाजी गर्दै नेकपा समाजवादीको नेता एवं कार्यकर्ताहरु प्लेकार्ड सहित गौर नगरमा परिक्रमा गरेका हुन् ।
आईतवार विपी चोकबाट सुरु भएको विरोध रयाली अस्पताल चोक, अदालत चोक, धर्खन चोक, नेपाल लज, ट्रान्समिटर चोक हुँदै भन्सार एरिया भई पुन विपी चोकमा आएर सकिए ।
अमेरिकी सेना चाहिदैन, एमसीसी चाहिदैन, राष्ट्रघाती सम्झौता गर्नु हुँदैन भन्दै समाजवादीका कार्यकर्ताहरु चर्को नाराबाजी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै