zoom by commodores download zoom fedora download why are pcr test results taking so long to come back zoom download recording to computer - zoom download recording to computer free installation of zoom app zoom meeting free download windows version download zoom 5.3.0 zoom logo png download

दमक क्लिन पार्कको निर्माण अन्यौलमा

   २ फाल्गुन २०७८, सोमबार ०६:०७  

दमक, २ फागुन । झापा जिल्लाको तीन वटा पालिकामा करीब २२ सय विगाहामा बन्न लागिएको पार्कको निर्माण अलपत्र परेको छ ।
पार्क निर्माण गर्न स्थानीय बासिन्दाहरुको जग्गा लिए वापतको उचित मुआब्जा नदिदा सोको विवादले गर्दा पार्कको निर्माणमा समस्या देखिएको हो ।
दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा चीन सरकारको वान बेल्ट वान रोड (ओविओआर) परियोजना अन्तर्गत ६५ अर्ब रुपैयाँमा बन्ने भनिएको दमक क्लिन पार्कको निर्माण कार्य अन्योलमा परेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा चीन सरकारको लगानीमा ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी जोन जिङपिङ ज्वाइन्ट कन्ट्रक्सनले निर्माण गर्ने भनी सिलान्यास समेत गरिएको दमक क्लिन पार्कको मुआब्जा विवादले पार्कको निर्माणमा समस्या देखिएका हुन् ।
अहिले त्यहाँ निर्माण कार्य रोकिएको बताइएको छ । हचुवा तरिकाले सरकारी मुआब्जा निर्धारण समितिले जग्गाको मुआब्जा निर्धारण गरेकोमा विरोध गरेका छन् । मुआब्जा निर्धारण समितिले तोकेको मापदण्ड अनुसार मुआब्जा बुझेमा एक समयका जग्गा मालिकहरू सुकुम्बासी बन्नेछन् भनी पीडितले चरणबद्ध आन्दोलन को कार्यक्रम गर्दै आएका छन् ।
पीडितहरुले यस अगाडि पनि पटक पटक सरोकारवाला सबै निकायमा आफ्नो माग सम्बोधन गराउन ध्यान आकर्षण गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै