जनकपुर जयनगर रेल गुड्न थाले

320 Shares

जनकपुरधाम, २ फागुन । आइतवारदेखि जनकपुर जयनगर रेल गुड्न सुरु भएको छ । भारतबाट खरिद गरेर ल्याएको रेल उद्घाटन नभएसम्म नियमित ‘ट्रायल’ गर्न दिनको एकपटक चल्न भएको हो ।
रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । लिकमा लगाइएका हाटबजार बन्द गराइएको छ । अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी खटिसकेका छन् ।
दुवै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको छ । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ । जाने बेला एउटा इन्जिन र फर्किने बेला अर्को इन्जनको प्रयोग भइरहेको छ ।
६० नेपाली र १४ भारतीय कर्मचारी हिजो देखि काममा खटिएको छ । भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आएको छ ।
फागुन पहिलो सातामा उदघाटन हुने रेल उद्घाटनपछि बाँकी भारतीय कर्मचारी आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार