ताइवान संगको विवादको कारण लिथुआनियाबाट आयात गरिने सामानको आयातमा चिनियाँ सरकारद्धारा रोक लगाइयो

बेइजिङ । चिनियाँ सरकारले लिथुआनियाबाट आयात हुने गाईको मासु, दुग्ध पदार्थ र वियरमा रोक लगाएको छ । ताइवान संग विवादको कारण सरकारले ती आयातित पदार्थमा रोक लगाएको हो ।
बाल्टिक मुलुक लिथुआनियाले ताइवानसँग सम्बन्ध बढाएको निहुँमा चीनले सो निर्णय गरेको बताइएको छ । यद्यपि, चीनको भन्सार तथा प्रसाशन विभागले भने कागजपत्र अभावका कारण ती पदार्थ आयातमा रोक लगाएको बताएको छ ।
ताइवानले लिथुआनियामा आफ्नो दी फ्याक्टो दूतावास खोलेपछि चीनले ती पदार्थमा रोक लगाएको अन्तरराष्ट्रिय मिडियामा खबर छ । ताइवानले लिथुवानियासँग कूटनीतिक सम्बन्ध बढाएपछि चीन दुवै मुलुकसँग चिढिएको छ । चीनले संसारका अन्य मुलुकभन्दा बढी लिथुनियाबाट गाईको मासु आयात गर्ने गर्छ ।