zoom download for it admins zoom guitar lab 4.0 download download zoom meetings app zoom windows 11 download zoom download vdi zoom my money app download

गौर कारागारमा रहेका कैदी बन्दीहरुको कन्तविजोग कारागारबाट कैद भुक्तान गरी बाहिर निस्केका गिरीद्धारा सार्वजनिक

   ९ पुष २०७७, बिहीबार १७:२३  

रौतहट, ९ पुस । रौतहट सदरमुकाम गौरमा अवस्थित कारागारको व्यवस्थापन पक्ष निकै कमजोर हुँदा त्यस भित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई कन्त विजोग रहेको रहस्य सार्वजनिक भएको छ ।
कारागार व्यवस्थापनको चरम लापरवाही एवं हेलचक्रयाइको कारण विभिन्न अभियोगमा अदालतबाट सजाय पाएर कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु माथि चौकीदार सहित दाई नाइके, चेक नाईके लगायतका व्यक्तिहरुको चरम यातनाको शिकार बन्नु परेको पुस २ गते कैद भुक्तान गरी कारागारबाट बाहिरिएका व्यक्तिले भित्र कैदीबन्दीहरुले भोग्नु परेको कन्त विजोगलाई सार्वजनिक गरेको हो ।
रौतहटको माधवनारायण नगरपालिका ३ भेलहीका ४० बर्षिय राजेशकुमार गिरी बहु विवाह मुद्दामा अदालतद्धारा १६ महिनाको सजाय पाएर कैदीबन्दी जिवन व्यतित गरेर गत पुस २ गते कारागारबाट रिहा भएपछि आफू सहित कारागार भित्र कैदीबन्दीहरुले भोग्नु परेको तराई टप संग कुरा गर्दै कन्त विजोग सार्वजनिक गरेको छ ।
वहुविवाहको मुद्दामा कैद पाएका गिरीका अनुसार कारागार भित्रका कैदीबन्दीहरु शारिरीक, मानसिक, आर्थिक, व्यवहारिक र पारिवारिक यातनाको शिकार भईरहेको छ । कैदीबन्दीहरु मध्ये पुरानो व्यक्ति वा कैद भुक्तान गर्न कम समय रहेका व्यक्तिलाई चौकीदार बनाउनु पर्ने प्रावधान भएपनि कारागार व्यवस्थापन ऐन २०१९÷२०२० अनुसार जघन्य प्रकृतिको मुद्दामा रहेका कैदीलाई चौकीदार नबनाउन स्पष्ट रुपमा प्रावधान रहेपनि बलात्कार गरी हत्या गरेको आरोपमा कैद जिवन विताइरहेका विक्की सिंहलाई चौकीदार बनाएर पनि कैदीबन्दीहरुलाई कन्तविजोग भएको उनले आरोप लगाए ।
चौकीदार विक्की सिंहको मातहतमा चेक नाइके मसिर देवान, दाईनाइकेद्धय रामनरेश यादव र जय सिंह सहित ४० जना व्यक्तिद्धारा ३७० कैदीबन्दीहरु माथि दादागिरी, अबैध रकम असुली, कार्य निरन्तर रुपमा चलिरहेको छ, सो विषयमा कारागार प्रशासन संग गुनासो गर्दा झन् यातनाको शिकार बन्नु परेको रहस्यलाई कारागार मुक्त भएका गिरीले तराई टप अनलाईन संग कुरा गर्दैै उजागर गरेका छन् ।
कारागारमा रहेको कोठा नम्वर ६ मा कैदीबन्दीलाई राखेर विक्की सिंहको समुहले चरम यातना दिने गरेको, चौकीदार सिंह र रामनरेश त्यही कोठामा बसेर लागुऔषधको निरन्तर रुपमा सेवन गर्दै आइरहेको आरोप उनले लगाउदै कारागार भित्र लागु औषध, चुरोट, खैनी, गुट्खा प्रवेश गर्दा कतै न कतै बाहिरी सुरक्षामा खटिएका सुरक्षाकर्मीको मिलोमतोमा उक्त अबैध कार्य कारागार भित्र फस्टाउदै गएको गम्भीर कुरा उनले भने ।


कैदीबन्दीहरु संग भेट्न आउने उनका परिवारका सदस्यहरुले ल्याएको सामानहरु भित्र दिने बहानामा खोसेर चौकिदार विक्की सिंहद्धारा संचालन गरिएको पसलमा राखिने गरेको, परिवारका महिला सदस्यहरु माथि गलत दृष्टि राख्ने गरेको, बाहिर पाउने सामान समानको मुल्य तेब्बरमा खरिद गरेर लिनुपर्ने, दात्री निकायबाट कोरोनाको समयमा पठाइएको सेनेटाइजर, टुथपेष्ट, साबुन, ब्रस लगायतको सामग्रीहरु कैदीलाई नदिई कारागार प्रशासनको मिलोमतोमा उसैको पसलमा राखेर विक्री गरिएको जस्ता आरोप उनको छ ।
बहु विवाहको मुद्दामा १६ महिना कारागारको जिवन विताएर निस्किएका गिरीले आफू माथि भएको अन्याय, अत्याचार, यातना अन्य कैदीहरु माथि हुन नदिन अहिले राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश २ को कार्यालयमा उजुरी समेत गरेको बताउदै जेलको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मिलोमतोमा अबैध कारोवारको साथै रकम दिएका कैदीलाई बाहिर अनैतिक सम्बन्ध समेत कायम गराइरहेको उनले स्पष्ट पारे ।


त्यती मात्रै नभई असार १० गते देखि मेस संचालनको जिम्मेवारी पाएका चौकिदार विक्कि सिंहले कमसल खाना खुवाइरहेको छ, प्रतिदिन ७ सय ग्राम चामल गरी महिनाको एक कैदी बन्दीले २१ किलो चामल र १८ सय नगद रकम पाउने गरेको भएपनि कैदीले थप खाना मागेमा गाला राता हुने गरी चुटाई खानुपरेको दुखेसो पोख्दै गिरीले प्रत्येक महिनाको १, ११ र २१ गते कैदीहरुलाई लामबद्ध गराएर चौकीदारको पसलमा खाए वापतको तेब्बर रकम असुल्ने गरेको नदिदा कोठा नम्वर ६ मा लगि चरम यातना दिने गरेको उनले भने ।
“आफू कारागारमा बस्दा पसल, फोन, मेस, रोटी, फुल, चिया, मासु, माछा, नास्ता, पान, सैलुन, सर सफाई, लाइव्रेरी सहित १६ प्रकारको पैसा तिर्नुपरेका थिए ।” “जुन कैदीबन्दीको खर्च गर्ने अवस्था नहुँदा उ बस्दै आएको कोठा खोसेर पालमा राख्ने गरेको जसले धेरै खर्च गरेको छ त्यसलाई कोठामा राख्ने गरेको जस्ता मानव अधिकारी विरुद्ध को कार्य निरन्तर रुपमा संचालनमा रहेको उनले स्पष्ट पारे ।”
त्यती मात्रै नभई गत अजोज १७ गते हातहतियार खरखजाना मुद्दामा कारागारमा रहेका भारतीय नागरिक अनिस साह मुसलमान संग आन्तरिक साँठगाठ गरेर कोरोना भएको गौर कारागारको चिकित्सकबाट विरगंज रेफर भएका कैदीबन्दी साह बाबा कोभिड अस्पताल विरगंजबाट फरार गराउनमा समेत कारागार व्यवस्थापन र चौकीदारको संलग्नता रहेको गिरीले बताए ।
यस विषयमा गौर कारागारका जेलर शम्भु प्रसाद यादव संग बास्तविक्ता वुझ्न खोज्दा सबै आरोप निराधार रहेको कारागारमा कुनै त्यस्तो गैरकानुनी कार्य नभएको तथा राम्रो ढंगबाट संचालन भईरहेको जवाफ दिए । कारागार व्यवस्थापन ऐनमा जघन्य प्रकृतिको कैदीलाई चौकीदार नबनाउने प्रावधान रहेको छ नि भने प्रश्नको जवाफमा उनले नबनाउने प्रावधान रहेपनि तर उसलाई बनाइएको स्वीकार गरे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर कारागारको सम्बन्धमा केही कुराहरु बाहिर आएको स्वीकार्दै त्यस सन्दर्भमा आवश्यक छानविन तथा निरीक्षण आजै साझबाटै सुरु गरेको बताए । अहिले नै केही भन्न नमिल्ने यदी गलत वा कारागार भित्र कैदी बन्दीहरुबाट बुझेर जानकारी दिने जानकारी दिए ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नम्वर २ को ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश २ जनकपुरधाम कार्यालयबाट अनुगमन अधिकृतद्धय कृष्ण मिश्र र मनमाया राना मगरको दुई सदस्यीय अनुगमन टोली २ पटक कारागारको निरीक्षण गरी कैदीहरु, चौकीदार, नाइकेहरु संग छुटाछुटै रुपमा राखेर कुरा गरेको छ । अझै अनुगमन गरी छानविनकै क्रममा रहेको अनुगमन अधिकृत कृष्ण मिश्रले तराई टप संगको कुरा गर्दै बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव संग समय लिएर बुझ्ने तथा कारागारको बाहिरी सुरक्षाको जिम्मा नेपाल प्रहरीको रहेको हुँदा प्रहरी अधिकृत संग पनि कुरा गरिने तथा छानविनको रिपोर्ट काठमाण्डौ पठाएर त्यहीबाट सार्वजनिक हुने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै