नेपाली काँग्रेस को विकल्प छैन

   ३ फाल्गुन २०७८, मंगलवार १४:१६  

रौतहट, ३ फागुन । रौतहटमा नेपाली काग्रेसको बिकल्प नभएको नेपाली कांग्रेसका मधेस प्रदेश कमिटिका सदस्य सुर्य थापाले बताएका छन् । नेपाली कांग्रेस यमुनामाई गाउ कमिटिद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

उनले कम्युनिष्टहरुलाई देश चलाउन भनेर दुई तिहाइ बहुमत दिएपनि ३ वर्षपनि राम्रोसंग सरकार चलाउन नसकेर तितरवितर भएकाले अहिले कांग्रेसको नेतृत्वमा देश राम्रो गतिमा चलिरहेको दावी गरे ।

उनले देशलाई आवश्यक हरेक अप्ठ्यारो अवस्थामा नेपाली काँग्रेसकै नेतृत्व आवश्यक पर्ने इतिहास भएकाले यसपालि नेपाली काँग्रेसलाई तीनै तहको चुुनावमा जनताले अत्याधिक मत दिएर जिताउनु पर्ने तर्क गरे ।

नेपाली काग्रेसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुख पदका वलिया दावेदार समेत रहेका थापाले आउँदो स्थानिय तहको निर्वाचनमा एकढिक्का भएर लाग्न कार्यकर्तालाई आग्रह गर्दै कम्युनिष्टलेनै सत्ता संचालनको लागि काँग्रेस रोजेकाले जनताले कम्युनिष्ट रोज्न आवश्यक नभएको जिकिर गरे ।

नेपाली काँग्रेस यमुनामाई गाउँपालिकाका गाँउ सभापति सिताराम यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नवनिर्वाचित मधेस प्रदेश कमिटिका सभापति कृष्णा यादव , मधेस प्रदेश सदस्य सुर्य थापा , नितेश गुप्तालाई सम्मानित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै