एमसीसी बारे धारणा स्पष्ट राख्न माओवादी केन्द्र ले बोलायो संसदिय दलको बैठक

   ३ फाल्गुन २०७८, मंगलवार १९:२५  

काठमाडौं, ३ फागुन । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।


एमसीसीको विषयलाई लिएर स्पष्ट धारणा बनाउन बैठक बुधबार विहान १० बजे बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएको हो ।


संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान साढे ११ बजे बोलाइएको छ ।
मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै