वागमती नदीमा घाँटी छिनाएर हत्या गरिएको अवस्थामा युवकको शव फेला

   ३ फाल्गुन २०७८, मंगलवार २०:५१  

रौतहट, ३ फागुन । रौतहटको दुर्गा भगवती गाउँ पालिकाको पिपरा स्थित वागमती नदि पारी एक पुरुष व्यक्तिको घाँटी छिनाएर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
सिमा पारी बैरगनिया बाणीमा प्रकाशन भएको समाचारमा बैरगनिया वडा नम्बर १६ भकुरहर चिकना टोल निवासी जगदिश साहको ३४ बर्षिय छोरा आसनारायन साहलाई घाँटी छिनाएर हत्या गरिएको अवस्थामा शव सोमवार फेला परेको हो ।
पिपरा निवासी मृतकको भिनाजु जयनाथ साहले आसनारायन लाई २९ जनवरीको साँझ पिपरा बोलाएका थिए । तर ४ दिन सम्म घर नफर्किदा घरको मान्छेहरु चिन्तित भए । आसनारायनको श्रीमतीले भिनाजु संग श्रीमान वारे सोध्दा जयनाथले तिमिहरुले जमिन नदिदा तिम्रो श्रीमानलाई परलोक पठाईदिए भनेको खबर बैरगनिया वाणीमा छापिएको छ ।नेपाल प्रहरीले बरामद भएको शवलाई पोस्टमार्टम गरेर परिवारजनको दिएको छ । शब घर पुगेपछि मां सोमारी देवी,पत्नी निर्मला देवी,पुत्री निशा,पुत्र आनन्द,सत्यम,सोलन रुवाबासी निकै चल्यो ।
यता मृतक पिडित परिवारले जिल्ला प्रहरी कार्यालय गौरमा किटानी उजुरी दिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्ले शब बरामद भएको छ तर सनाखत भएको छैन । आवश्यक अनुसन्धान भईरहेको वताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै