प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावको सत्ता गठबन्धन टुट्ने खतरा

   ५ फाल्गुन २०७८, बिहीबार ०८:०१  

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री एवं नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णय सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् ।


महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्नसक्ने योग निर्माण भएको ज्योतिषी रिजालले जानकारी दिएका हुन् । जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ,’ रिजालले भनेका छन् ।

प्रधानन्यायाधीश राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनको भनाइ छ । सत्ता पक्षलाई ६० दिन खड्गो छ भनेर माघ १८ गते नै जानकारी गराई सकेको रिजालले उल्लेख गरेका छन् 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै