धनुषा, ५ फागुन । पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ गु्रपले धनुषाको कमला नदीमा ढुंगा–गिट्टीको अवैध उत्खनन गरिरहेको खुलेको छ । नदीजन्य पदार्थ झिक्न कम्पनीले अनुमति लिएको छैन । नदीजन्य पदार्थको उत्खनन र ढुवानीमा प्रयोग गरिएका गाडी र उपकरणहरू धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गणेशमान चारनाथ–५ स्थित कमला खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा टिपर र एस्काभेटर नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । प्रहरीले ७ वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको हो ।
कमलाबाट अवैध उत्खनन गरेर लगेको ढुंगा–गिट्टी सिरहाको कर्जन्हास्थित यार्डमा कम्पनीले थुपारिरहेको थियो ।
उत्खनन स्थलमा प्रहरी पुग्दा चालकहरू फरार भएपछि टिपर र एक्स्काभेटर नियन्त्रणमा लिएको र यसबारे बुझ्न हालसम्म कोही नआएको पोर्ताहा प्रहरी चौकीका इन्चार्ज रामनाथ यादवले बताए
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन