नेपालमा बसेर जिउदो चिनियाँ नागरिकले मृत्यु भएको प्रमाण पत्र लिएर हिड्दै गरेको डरलाग्दो अपराध

649 Shares

नेपालमा बसेर चिनियाँ नागरिकहरु अपराधिक क्रियाकलापमा संलग्न रहेको विभिन्न घटनाहरुबाट पुष्टि भएको पाइएको छ ।
नेपालमा चिनियाँ नागरिकको अर्को अपराधको पर्दाफास भएको हो । भिजिट भिसा लिएर नेपालमा आउने गरेको चिनियाँ नागरिक विभिन्न अपराधिक क्रियाकलापको साथै देशको विभिन्न स्थानहरुमा बसेर गैरकानुनी क्रिया कलाप गर्दै गरेको हुँदा स्थानीय बासिन्दाहरु चिनियाँ नागरिक माथि शंकाको दृष्टिले हेर्नुपर्ने बाध्यता सृजना गरेका छन् । एटिएमबाट नेपालीको पैसा चोर्ने देखि विवाह गर्छु भनेर नेपाली चेली तस्करी गर्नेसम्म अपराधमा संलग्न चिनियाँ नागरिकले पछिल्लो समय कीर्ते अपराधमा समेत संलग्न भएको पाइएका छन् ।
चिनियाँ नागरिकले त मृत्यु प्रमाणपत्र नै कीर्ते गरेको पाइएको छ । आफू ज्युँदो हुँदाहुँदै पनि मृत्यु भएको प्रमाणपत्र बोकेर हिँडेको फेला परेपछि प्रहरीले खोरमा जाँकेको छ । काठमाडौंको टेकु स्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न नक्कली कागजपत्रसहित पक्राउ परेका हुन् ।
नक्कली मृत्यु प्रमाणपत्र बोकी हिँडेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीद्वारा टोलीले उनलाई पक्राउ गरेको हो । ती चिनियाँ नागरिलाई लिखित कागजात तथा सामानसहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली जानकारी दिए ।
उनका साथबाट कालो रंगको भिर्ने झोला, वाङ् योङ्ग र सिएओ जेआई नाम गरेका दुई ओटा राहदानी, ग्रिन सिटी अस्पतालको नाममा जारी गरिएको मृत्यु प्रमाणपत्र सहितको कागजात, पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजात र ओप्पो कम्पनीको मोबाइल सेट बरामद गरिएको छ ।
घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।