दुर्गा भगवतीमा माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रम

रौतहट, ६ फागुन । नेकपा माओवादी केन्द्र दुर्गा भगवती गाउँ पालिकामा पार्टी प्रवेश तथा अन्तर्क्रिया कार्यक्रम शुक्रबार आयोजना गरियो ।
पार्टी प्रवेश कार्यक्रम को प्रमुख अतिथि संविधान सभा सदस्य अशोक जयसवालले नव प्रवेशीहरुलाई टीका माला लगाएर स्वागत गरे ।
लाल बाबु जयसवाल, महेन्द्र महतो , आदर्श झा , अमरेन्द्र ठाकुर, चतुरी साह, प्रेम साह लगाएत दर्जनौं नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरेर आज माओवादी केन्द्रमा बिधिबत रुपमा प्रवेश गरेका छन् । माओवादी नेता डिके झा, शम्भु सिह लगायतको नेताहरू को उपस्थिति रहेको थियो ।