download zoom cloud meetings app for windows 10 zoom meeting download for laptop free skype zoom download desktop zoom download free how do i get zoom app zoom cloud meeting join download - zoom cloud meeting join download http zoom us download client_4meeting download zoom app for windows 10 pc

गठबन्धनक‍ो सरकारलाई गठबन्धन नै बाधक

   ८ फाल्गुन २०७८, आईतवार ०६:४१  

नेपालमा २००७ सालदेखी ६२/६३ सम्म पुर्णत शाहीकाल थियो ।यो शाहिकालले  नेपालमा धेरै नेताहरु जन्मायो , शाहीकाल नेताहरु जन्मने उर्वर समय थियो । सामान्यतया नेपालमा मात्रै हैन यस्तो विश्वमा जहा जहा शाही शाशन थियो त्याहा त्याहा नेताहरु जन्मिए र यो नै  शाहि शासनको यौटा विशेष्ता हो र त्यही भएर शाही शाशन भनिएको हो ।

पौराणिककाल तिर फर्केर हेर्दा पनि यस्तै महापुरुष दिव्य पुरुषहरुको जन्म भएको देखिन्छ श्रीकृष्ण , श्रिराम इत्यादी । तर पौराणिककालमा श्रिकृष्णले कंसको वधगरेपछी कंसको मथुरा  राज्यको गध्दीमा आफु वसेन उग्रसेनलाइ ज़िम्मा लगाए  , श्रिरामले रावण वध गरेपछी लंकाको गध्दी पनि आफुले लिएनन त्यहीका शाही परिवारका  योग्य विभिषण  लाइ सुम्पे त्यस्तै किस्किन्धामा पनि बालीको बध पछि सुग्रीवलाइ ज़िम्मा लगाए ,  उनिहरुलाइ थाहा थियो उनिहरुको उछिस्ट त्यही छ र त्यो उछिस्टबाट कुनै पनि समय विद्रोह हुन सक्छ यो दुरदर्शी निर्णय लिए ।

नेपालमा राजा विरेन्द्रको वंश नै समाप्त गरियो वंश समाप्त गर्नेले यो कुरा बुजेनन की राजा वीरेन्द्रको उछिस्ट थिए र त्यही उछिस्टबाट वीरेन्द्रको हत्या पछी पनि निरन्तर नेपालमा  राजशाही चल्यो ।तर पछिल्लो समय गणतन्त्र आएपछी नेपालमा त शाहीकाल नै समाप्त गरियो , राजशाही हटाइयो तर गणतन्त्रवादी नेताहरु ले यो कुरा बुजेन कि नेपालमा शाही परिवारका उछिस्ट छन र यो कुनै पनि समय व्युतिन सक्छ , कुनै पनि समय विद्रोह हुन सक्छ। त्यस्तै परिस्थिति बुजेर श्रिराम र श्रि कृष्णले त्याहाका राज्यको गध्दी नलिंएर त्यहीका शाही परिवारका योग्य मानिसलाइ ज़िम्मा लगाएका थिए , यो कुरा सायद गिरिजा प्रसाद कोइरालाले बुजेर नै `वेबी किंग´को कुरा उठाएका पनि थिए, भविस्यमा गणतन्त्र निर्विवाद रहोस भनेर  भविस्यमा शाही परिवारका उछिष्ट र  शाही परिवारका पक्षधर र समर्थकहरुबाट फेरी आन्दोलित नहोस भनेर तर के कारणले हो यस्ले नतिजा दिन सकेन ।

नेपालमा शाहीकालले थुप्रै नेताहरु जन्मायो । नेताहरु जन्मने उर्वर समय नै शाही काल हो शाही काल को तत्कालिन समय नै यस्तो रहयो की नेताहरु जन्मने वातावरण र परिस्थिति राजशाहीले  आफै सृर्जना गर्थे र विसय वस्तु वनाउदै जान्थे । मानव अधिकारको हनन गर्नु , मौलिक हक़ अधिकार हनन गर्नु , प्रेस स्वतन्त्रता नहुन , वाक स्वतन्त्रता नहुनु , भ्रस्टचार ले पराकाष्ठ नाघ्नु , शुशासन नहुन , हत्या हिंसा र जेल निर्वासित गर्नु भन्नुस अधिनायकवाद र सर्वसत्तावाद लादनु नै राजशाही मा नेताहरु जन्मने उर्वर समय भयो ।

राजशाहीले नेताहरु मात्रै जन्माएन राजशाहीले धेरै कवि लेखकहरु पनि जन्मायो उनिहरुलाइ लेख्ने विसय वस्तु  , लेख्ने परिवेश , लेख्ने परिस्थिति वनिनैरहयो । सडक कविता क्रान्तिले  धेरै कविहरु जन्मायो । तत्कालिन राजनैतिक व्यवस्थाले सृर्जना गरेको पृष्ठभुमीमा धेरै उपन्यास कथा निवन्धहरु लेखिए र यसरी साहित्यकार पनि जन्मिए ।

त्यतिखेर पत्रकार र पत्रकारिता तत्कालिन समयको  चुनौतिमा पनि अधिनायक र सर्वसत्तावादको कुरा उठाइनै रहे। 

राजशाहीकालमा जन्मिएका नेताहरुले तत्कालिन व्यवस्थाको विरुध्द , तत्कालिन व्यवस्थाले उत्पन्न गरेको परिस्थिति विरुध्द र वेथितीको विरुध्द आन्दोलन गरे र ति नेताहरु अहिले गणतान्रीक शाशन व्यवस्थाको राज्य संचालक छन ।यो राज्य संचालनमा नेपालका सवै राजनीतिक दलहरुले आफ्ने राजनीतिक हैसियत , आफ्नो राजनीतिक पाटीको क्षमता अनुसार राज्य संचालनको जिम्वेवारी पाएका थिए र छन  । र यिनिहरुले पुर्व राजशाहीकालको विकृती , विसंगती अधिनायकवाद , सर्वसत्तावादको नजिकवाट अध्ययन गरेका थिए , नजिकवाट अनुभव गरेका थिए र त्यस्को पिडा त्यस्को यातना भोगेका थिए र यस बाट गणतान्रीक मुलुकले उन्मुक्ती पाउछ , राष्ट्र सम्वृध्दी र विकास तिर उन्मुख हुन्छ , जनताले र स्वय नेताहरु पनि यो पिडाबाट मुक्त हुन्छन जनताले यस्तो सोचेका थिए जनताले यस्तो अभिलाषा गरेका थिए र अव नेपालमा पुन यस्तो आन्दोलन गर्नु पर्दैन , अव आन्दोलन सदाकाली सकियो , मुलुकमा अमन चैन आउछ यस्तो सोचे ,तर त्यस्तो भएन । भयो के भने यिनिहरुले त्यही सिके यिनिहरुले त्यही देखे र त्यसैलाइ गणतन्त्रमा दोश्रो संस्करण रुपमा जनतालाइ दिदै गए ,त्यती मात्रै हैन यिनिहरुले सिकेको , यिनिहरुले देखेको , यिनिहरुले भोगेको भन्दा अझ बड़ी गर्दै गए । र यस्को परिस्कृत रुप प्रस्तुत गरे ।

वर्तमान सरकार भन्दा पुर्व नेपालमा बहुमतको कम्युनिस्ट सरकार थियो यो कम्युनिस्ट सरकारले यिनिहरुको राज्य संन्चालनको शैलि र तौर तरिकाले राजशाही संग तुलना मात्रै गरेन त्यो भन्दा वडी अधिनायकवाद त्यो भन्दा वडी सर्वसत्तावाद पथमा अग्रसर भइरहेको पुस्टी सरकारको कार्य शैलिले देखाउदै गएकोथियो

जस्तोकी प्रधानमन्त्रीले गुप्तचार विभाग , राजस्व अनुसन्धान विभाग , सम्पती सुदृढ़ीकरण विभाग , २५ अर्व सम्म सिधै ठेका दिने व्यवस्था आफ्नो मातहातमा राखेर सक्तीशाली वन्न खोज्नु , अर्को तिर राज्यले निर्मला वलत्कार पछीको हत्या , ३३ किलो सुन तस्करी , N C L को काण्ड , वाइबडी भ्रस्टचार , बालुवाटार को सरकारी जग्गा बिक्री लगायतका मुध्दाहरुको किनारा लगाएर दोसीलाइ कार्यवाही गर्न नसक्नु ,त्यस्तै पत्रकार लाइ धरपकड़ गर्नु जेल हाल्नु र प्रेस जगतलाइ संकुचनगर्ने रणनीति वनाउदै जानु , न्यायक्षेत्रपनि सरकारले आफ्नो प्रभाव क्षेत्र भित्र पार्नु , स्वायत्त संघ सस्था निकायहरुमाथि क्रमश हस्तक्षेप गर्दै जानु राजशाहीकालले जन्माएका गणतान्रीक नेताहरुबाट यस्तो हुनु गणतान्त्रिक मुलुकको लागी दुर्भाग्यों रुपमा लिन सकिन्छ ।

गणतन्त्र आएपछी अव मुलुकमा फेरी आन्दोलन हुदैन , अव फेरी हामीले आन्दोलन गर्नु पर्दैन , नेपाल वन्द र आगज़नी हुदैन भन्ने हाम्रो सोच र विस्वासमा कम्युनिस्ट सरकारको राज्य संन्चालन शैलीले गलत सावित गरि सकेको छ। एकातिर  नेत्र विक्रम चन्द विप्लव नेकपाहरुबाट विद्रोह  रा प्र पा ले पनि आपसमा एकिकरण गरेर संगठित हुदै छन पुर्व राजाले पनि आफ्नै किसिमले जनता संग सम्पर्क वढाइ रहेका छन भने वर्तमान राज्य संचालन शैलिले कम्युनिस्ट प्रती जनतामा वितृष्णा वढेको छ यि सवै कुराले  गणतन्त्रको सुदुर भविष्य सुखद होला ? यस्मा संन्देह वडेर गएको छ ।यो संन्देह वढ्नुमा राजशाही कालमा जन्मेका नेताहरु नै ज़िम्मेवार हुन , भोली जनताले यसरी इतिहासमा मुल्यांकन गरे भने ?

अव अहिले नेपाली कांग्रेसका सभापति शेर बाहादुर प्रधानमन्त्री छन र यो सरकार गठवन्धन को सरकार हो पुर्व सरकारले सन्चालन गरेको शैलिले नेपालि जनतामा आएको निराशा र गणतन्त्र प्रतीकों नैराश्यलाइ विश्वास र आशामा परिणत गर्नु पर्ने छ र त्यो गठवन्धनको सरकारलाइ लोकतन्त्र र शुसाशन दिनु गठवन्धन नै देउवालाइ वन्धन  हुने देखिन्छ सबै भन्दा ठुलो चुनौती एमिसीसी नै देखिन्छ यो एमसिसीले सरकारको लोकप्रियता बढाउने होकी अलोकप्रियता त्यो भविस्यले नै वताउछ तैपनि अहिले यो विसयमा देखिएको नेताहरुमा मतान्तरले सरकारको स्थाइत्वमा मात्रै हैन गणतन्त्रनै धरापमा सम्म पर्न सक्ने अवस्था नआउला भन्न सकिन्दैन । अर्को तर्फ भर्खर सभापतीमा निर्वाचित हुनु भएका प्रधानमन्त्री को पहिलो कार्य सुशासन र लोकतन्त्रको संमबर्धन र संरक्षण गर्नु पनि त्यती नै जीम्वेवारी छन जुन नेपाली कांग्रेसको मुल मन्त्र हो यो अभिष्ट पुरा गर्न देउवालाइ गठवन्धन सहज हुन्छ जस्तो देखिन्दैन।

अहिले नेपालमा जतिपनि नेताहरु शिर्ष स्थानमा छन र प्रधानमन्त्री भएकाछन ति सबै  

राजशाही कालमा जन्मेका नेताहरु हुन तिनिहरुबाट मुलुकमा केही सुधार नहुने भएपछी गणतन्त्र स्थापित भएपछी गणतन्त्रले नेताहरु जन्माउने छन र त्यस्को रुपरेखा,  छनक देखिन थाल्दैछ यसो भयो भने राजशाही कालमा जन्मेकाहरु कालान्तरमा विस्थापित हुन्छन जसरी राजशाहीका पृष्ठपोषक ,राजशाहीका प्रतिऱक्षामा उभिएकाहरु विस्थापित भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै