zoominfo stock prediction zoom rooms download free app zoom free download how accurate is pcr testing zoom download problems

ओली समुहबाट केन्द्रीय सदस्यमा ८ जना रौतहटबाट चयन

   ९ पुष २०७७, बिहीबार २०:२६  

रौतहट, ९ पुस । नेकपा भित्र कुर्सीगत स्वार्थका लागि उत्पन्न भएको असहज परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रौतहटका ७ जना नया केन्द्रिय सदस्य थप मनोनयन गरिएको छ ।
कुर्सीगत स्वार्थमा अन्धो भएको नेकपा भित्र सत्ता हानथापको शिकार नेपाली जनताको भरोसाको केन्द्रविन्दु रहेको संसद बन्न पुगे । उक्त कार्यलाई सही र गलत भन्ने क्रममा नेकपा भित्र यतिखेर गुटवाजीको होड मचेको हो ।
नेकपामा बढदो बिवादसंगै संसद बिघटन भएपछि नेकपाले रौतहट सहित देशभरीबाट नया केन्द्रिय सदस्य चयन गरेको छ ।४४७ जना केन्द्रिय सदस्य रहेको नेकपाले बुधबारको केन्द्रीय कमिटिको बैठकबाट देशभरी बाट ११ सय ९९ जना केन्द्रिय सदस्य बनाउने निर्णय गरेका छन् ।
केन्द्रीय सदस्य बन्नेहरूमा रौतहटबाट साँसद रेखा झा, तुलसीराज गिरी, उद्धव रेग्मी, कपिलदेव पटेल, जयचन्द पटेल, शिक्षक मणिशंकर निधि र अब्दुल कलाम आजाद रहेका छन् । रौतहटबाट केन्द्रिय सदस्य हुने सातै जना आज दिउँसो हुने केन्द्रिय कमिटिको बैठकमा भाग लिन काठमाण्डौ पुगिसकेका छन् । वैठक वालुवाटारमा पाल टाँगेर संचालन भईरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै