zoom 5.0 download download zoom for windows 10 zoom cloud meetings app windows download arm client zoom install zoom for windows 10 64 bit download zoom on facebook portal

विग्रेको अर्थतन्त्र लाई सुधारको बाटो देउवा लम्किदा कम्युनिस्ट बाधक

   ९ फाल्गुन २०७८, सोमबार ०७:३९  

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि एमसीसी परियोजना ल्याउन चाहेका छन्।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार ढलेपछि कम्युनिस्टले तहस नहस बनाएको मुलुकलाई लयमा फर्काउन देउवाले अनेक प्रयासहरु गरिरहेका छन् ।

कम्युनिस्टले अर्थतन्त्र धरासयी बनाए । कम्युनिस्टका तत्कालीन दुईतिहाइको प्रधानमन्त्री खड्गप्रसाद ओलीले मुलुकको अर्थतन्त्र र विकासका कार्यक्रमलाई साढे तीन वर्षमा समाप्त पारे। ओली र कम्युनिस्टले सिध्याएको ढुकुटीलाई सही ठाउँमा ल्याउनुपर्ने बाध्यता देउवालाई छ ।

साढे तीन वर्षमा कम्युनिस्टहरुले कोरोनाका बेलामा समेत अर्बौंको भ्रष्टाचार गरेका छन् । उनीहरुले देशलाई लुट्नसम्म लुटेका छन् । प्रधानमन्त्री देउवाले अमेरिकन सहयोग एमसीसी ल्याएर देशको अर्थतन्त्र सुधारको प्रयासमा छन् । विदेशी सहयोगहरु भित्र्याउन लागेका छन् ।

तर, विकास विरोधी कम्युनिस्टहरुले देउवालाई असहयोग गरिरहेका छन् । सडकमा उत्रिएर एमसीसीको विरोध गरेका छन् । कम्युनिस्टको हर्कतले विदेशी दातृनिकायहरु चिन्तित हुन पुगेका छन् । चीनले समेत एमसीसीको विरोध गरेको छ । नेपालको आन्तरिक विषयमा बोल्ने चीन को हो ?

चीन आफ्नो औकातमा बस्नुपर्छ । चीनको हण्डी खाएका कम्युनिस्टहरुले सडकमा उत्पात मच्चाएका हुन् । विकास विरोधी दलालहरुले नै एमसीसीको विरोध गरिरहेका छन् ।

नेपालमा एमसीसी आयो भने चीनलाई सबैभन्दा ठूलो टाउको दुखाइ हुनेछ । सोही कारण चीनले नेपालमा एमसीसी छिर्न दिन चाहेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै