एमाले पनि एमसीसीको पक्षमा

   ९ फाल्गुन २०७८, सोमबार ०७:४३  

काठमाण्डौ, ९ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदमा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुर्याउनु पर्ने बताए ।

सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । ‘हामीले सरकारमा रहँदा संसदमा एमसीसी पेस गरौं भनेका थियौं’ अध्यक्ष ओलीले भने,‘संसद्ले नै निर्णय गर्छ । संसद्मा नपुर्याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ? निर्णय गर्ने ठाउँमा त पुयाइदिऔं’ । उनले सत्ता गठबन्धनमा रहेकाहरूले नै एमसीसी सम्झौता गरेको बताए ।

‘अहिले सरकारमा जो छ उनीहरूले नै ५ वर्षअघि एमसीसीमा सम्झौता गरे’ उनले भने, ‘एमसीसीलाई ठगी खाने भाँडो बनाउँदै छन् । एमालेलाई सरकारबाट हटाएपछि पास गछौँ भनेर पर सार्दै सार्दै लगे ।’ गठबन्धनले अन्तर्राष्ट्रिय तथा विदेश सम्बन्धलाई तहसनहस पारेको आरोप ओलीले लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै