काठमाडौं, १० फागुन । `मुखमा राम राम बगलीमा छुरा´ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसीको विपक्षमा उभिने बताएका छन् ।
संसदमा एमसीसी टेबल भए लगत्तै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी र संसदीय दल एमसीसीका विपक्षमा उभिने बताएका हुन् ।
उनले भनेका छन्,‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
प्रचण्डले एमसीसी टेबल हुन नदिन विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी अनुदान सहायता ( एमसीसी) संसदबाट पारित गर्न समर्थन नगर्ने बताए ।
संसद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले एमसीसी पास गर्न आफ्नो दलले समर्थन नगर्ने बताएका हुन् ।
उनले भने, ‘एमसीसी सदनमा टेबल भएको छ । पास गर्न समर्थन गर्न सकिदैन ।’ दुबै नेताले एमसीसी टेबल गर्न सहमति जनाएर बाहिर भने विरोधमै छौ भनेर नौटंकी देखाएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन