zoom cloud meeting app download free on pc - zoom cloud meeting app download free on pc diablo 2 download vn-zoom zoom challenge download why is my laptop mic not working on zoom - why is my laptop mic not working on zoom zoom meeting app information zoom download windows app download zoom safely

नेपालमा एमसीसी पारित हुने विषयलाई लिएर चीन तनावमा

   १० फाल्गुन २०७८, मंगलवार ०८:३७  

काठमाडौं, १० फागुन । एमसीसी को बिषयलाई लिएर अनावश्यक रुपमा अमेरिकाले नेपालमा ‘जबरजस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले नेपालमा अनावश्यक अमेरिकी दबावको प्रतिरोध गर्ने चेतावनी दिएको हो ।
झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेब्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘जबरजस्ती कूटनीति’ गरिरहेको आरोप चीनले लगाएको छ ।

चीन त्यसको प्रतिरोध गर्छ’ प्रवक्ता पिनको भनाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । पिनले नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीनले स्वागत गर्ने तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्ने बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नेपालको मित्रवत छिमेकी र विकास साझेदारको नाताले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतालाई निरन्तरता दिने बताउँदै प्रवक्ता पिनले आफ्नो देशको हित र जनताको चाहनालाई देखाउने निर्णय गर्न नेपाललाई साथ दिने समेत बताएको ग्लोबल टाइम्सले बताएको छ ।

गतसाता मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी फेब्रुअरी २८ भित्र एमसीसी पारित नभए अमेरिकाले नेपाल नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको विवरण सार्वजनिक भएको थियो ।

साथै, सम्झौताको संसदीय अनुमोदन हुन नसके यसमा चिनियाँ हस्तक्षेपको अर्थको रुपमा आफूहरुले बुझ्ने बताएको पनि उल्लेख थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै